जनकपुरधाम । अख्तियार दुरुपयोग अनसन्धान आयोगले वडा नं. १३ का वडाअध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलीप कुमार पंजियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ ।

नागरिकता सिफारिसको लागि एकजना सेवाग्राहीसंग २४ हजार हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालय सहयोगी पजियारलाई केहिदिन अघि अख्तियार दरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले रंगेहात पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पंजियारको मिलेमतोमा सेवाग्राहीसंग घुस लिएर सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्ष मण्डलले भनेअनुसार नै पंजियारले घुस रकम बार्गेनिङ गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवै जनालाई जनही २४ हजार बिगो कायम गरी ऐन बमोजिम सजाय मागदावीसहित बिहीवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार अनुसन्धानको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय