जनकपुरधाम । भन्सार छलि गरेको चाँदी मोटसाइकको ट्यांकीबाट बरामद भएको छ । धनुषा जनकपुर उपमहानगरपालिकाको लोहना एरियमा चेकजाँच गर्ने क्रममा नेपालबाट अबैध रुपमा भारततर्फ लैजादै गरेको मोटरसाईकलमा चाँदी फेला परेको राजस्व अनुसन्धा विभागले जनाएको छ ।

उक्त मोटरसाइकलमा चाँदी ५ केजी वेवारिसे अवस्थामा छाडि फरार भएकोले थप अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको तेल ट्याङ्कीको भित्र सेतो प्लाष्टिकमा लुकाई छिपाई राखेको ३० केजी चाँदी बरामद विभागले जनाएको छ ।

जयनगर भेलुवाटोला जिल्ला मधुवनी ठेगाना भएका भारतीय नागरिक विकाश कुमार साह, जनकपुर उ.म.न.पा वडा न ५ धनुषा स्थित शिव ज्वेलर्सका प्रोप्राईटर निर्मल कुमार सिघानिया समेत ३ जनाले सुन चाँदीको भन्सार चोरी पैठारीको क्रममा उक्त चाँदी बरामद भएको विभागले जनाएको छ ।

उक्त चारी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको कसुरमा पैतिस करोड पचपन्न लाख तेह्र हजार तीन सय आठ सय छयालिस रुपैया विगो असुल गर्न जनकपुर उच्च अलालतमा बुधबार मुद्दा दायर गरेको विभागे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

३० के.जी चाँदी शिव ज्वेलर्सको प्रोप्राईटर निर्मल कुमार सिघानिया, नवल साह र भारतीय नागरिक विकास कुमार साहले लुकाई छिपाई अवैधरुपमा चाँदी चोरी पैठारी निकासी गर्ने गरेको पुष्टि भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय