• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर /रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा न.६ पोठियाहीमा आज एक कार्यक्रमका बिच प्रसुती गृहको उदघाटण गरिएको छ।

वडा अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा पोठियाहीमा प्रमुख अथिती गरुडा नगरपालिकाका नगर प्रमुख ईनु राय यादव उप प्रमुख रंगिला देवी जयसवाल र सवस्थ्य संयोजक जर्नाधन साहले १७ बेडका बर्थिङ्ग सेन्टर संयुक्त रुपमा दिप प्रज्लवन गरि उदघाटन गर्नु भएको छ । कार्यक्रममा नगर प्रमुख यादवले प्रसुती गृह उदघाटनको क्रममा मन्तबय राख्दै यस भेगका जनताहरुको लागि यो बर्थीङ सेन्टरले प्रसुती महिलालाई बाहिर जाने समस्या अन्तय गरेको बताए।

नगर प्रमुख यादवले आफनो कार्यकाल सम्म नगरपालिकाको तर्फ बाट यस नगरका जनताहरुको लागि नगरपालिकाले प्रदान गर्ने सबै सेवा चाडै उपलब्ध गराउने वहाले बताउनु भयो। त्यस्तै नगर उप प्रमुख जयसवालले यस गाउंका प्रसुती महिलाहरुको सुतकेरी अब यसै बर्थिङ सेन्टरमा हुने भकाले यो सेवा लिनको लागि सबै संग अनुरोध गर्नु भयो । साथै यस क्षेत्रका जनताको साथ र सहयोग सधै रहेको बताउदै, आउने दिनमा यहा का सुत्केरी महिला र जनताहरुको लागि स्वास्थ्य र बिकाश क्षेत्रमा काम गर्ने बताउनु भयो।

उदघाटन कार्यक्रममा वडा अध्यक्ष अशोक यादवले आफनो वडाका जनताहरुको लागि अहो रात सम्म खटने र पछि नहटने बाच्चा गर्नू भयो। आफु निर्वाचित भए पछि बर्षसो देखि जिर्न रहेका गाउको सडकलाई मर्मत सम्भार गराएर ग्रिबेल समेत गरेको बताउदै आफनो वडालाई नमुन्ना वडाको रुपमा बिकाश गर्ने बताउनु भएको हाम्रा सहकर्मी गुड्डडु यादवले जानकारी दिनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय