जनकपुरधाम । पञ्चायती बसेर बलात्कारका घटना मिलाउन खाेजेकाे आरोपमा मुद्धा लागेका सप्तरीका ३ जनालाई प्रतिव्यक्ति १ लाख १० हजार धरौटीमा छाडिको छ ।

जिल्ला अदालत सप्तरीले उनीहरु तीनै जनालाई साधारण तारिख र धरौटीमा छुटाउन आदेश दिएको हो ।

जिल्लको डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरी भदौमा सामुहिक बलात्कारको सिकार बनेकी थिइन् । सोही घटना पञ्चायती बसेर गाउँमै ५५ हजार क्षतिपूर्ती दिनेगरी मिलाउन खोजेका थिए । तर बलात्कार पीडित किशोरीले आत्महत्या गरेपछि घटना सार्वजनिक भएको थियो ।

पञ्चायती बसेर मिलाउन प्रयास गर्ने समुहका ४ जना अझै फरार छन् । त्यस्तै बलात्कारमा संलग्न ४ मध्ये दुईजना मात्रै पक्राउ परेका छन् । उनीहरु १९ बर्षभन्दा कम उमेरका भएकाले पूर्पक्षका लागि बाल सुधार गृहमा पठाइएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा सम्पूर्ण अनूशन्धान गरेपछि यसअघि सरकारी वकिलको कार्यालयले अदालतमा बलात्कारमा संलग्नविरुद्ध बलात्कार र आत्महत्या दुरुत्साहन तथा पञ्चायती गर्नेहरुविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेकोमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय