• रबिन्द्र प्रजापति

रौतहट । पर्सामा महिलाकाे हत्या गरी हात र खुट्टा बाधेर गंगाेल नदीमा फालेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारी निवासी बर्ष ३१ का महमद रैफुल खाँ पैठान (शैफुल खाँ) रहेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ स्थित गंगोल नदीमा असाेज २१ गते विहान एक महिलाको शव फेला परेको थियाे । कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी र वडा नं. ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा हाथ र खुट्टा बाधेकाे अवस्थामा शव फेला परेकाे महिलाकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

साे महिला भारत बिहार रक्साैल पन्टाेका निवासी ३५ बर्षिय रेहाना नेसा रहेकी प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । पक्राउ परेका पैठानले साे महिलाकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरस्थित गंगाेल नदी किनारमा रहेका भागवतीकाे मन्दिरमा लगि हत्या गरी साेही नदीमा हात र खुट्टा बाधेर फालेकाे स्विकारसमेत गरि सकेकाे प्रहरीले जनाएकाे छ ।

पैठानकाे ति महिलासंग नजायज सम्बन्ध रहेकाे पनि खुलेकाे छ । ति महिला वीरगंज रानीघाटस्थित काेठा भाडामा लिएर बस्दै आएका थिइन । हत्या किन र के कारणले गरेकाे भन्ने बारे विस्तृत विवरण जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक के के ब्रतवला नेतृ्त्वकाे प्रहरी टाेलीले आज आराेपित पैठानलाई घटनास्थल मै स्थल मै लगी मुचुल्कासमेत उठाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय