हाम्रो जनकपुर /काठमाडौं । आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ ।

काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति गठन नेपाल प्रजापति संघका राष्ट्रिय अध्यक्ष श्री रामानन्द पंण्डित सचिव पदमा चयन भएको छ ।

नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द पण्डित, सहसचिव सुवास भट्टराई कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुंजीलाल यादब, संजय खतिवडा रहेका छन् ।

कोरोना महामारीको समयलाई मध्यनजर गर्दै नयाँबानेश्वरस्थीत एक स्थानमा माक्स, स्यानिटाईजर प्रयोग गरी मापदण्ड अपनाएर अधिवेशन गरिएको हो ।

सुनसरीबाट काठमाडौं आई बसेबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरुका लागि कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएको समाधान गर्न प्रयास गर्ने उद्येश्यसहित समिति गठन गरिएको समितिका नबनिर्बाचित सभापति बाबुराम आचार्यले बताए ।

भेलाका संयोजक सुरज श्रेष्ठले काँग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौं आएका सबैलाई समेट्न सहज गर्न काँग्रेसको संगठन आवश्यक हुने हुनाले सम्पर्क समिति आवश्यक भएको महशुस गरी गठन गरिएको बताए ।

नेपाली कांग्रेस सुनसरी काठमाण्डौं सम्पर्क समितिको नबनिर्बाचित सचिव पदमा श्री रामानन्द पण्डित चयन भएकोमा उहाले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय