जनकपुरधाम ।विगतमा पटक पटक भएको सहमति सम्झौता कलेज पक्षले कार्यान्वयन नगरको भन्दै कर्मचारीले अकास्मि बाहेकका सबै सेवा असोज १२ गतेदेदेखि ठप्प गरेका हुन् ।

कर्मचारीको आन्दोलनको कारण धनुषाको रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पतालको अकास्मिक बाहेकका सबै सेवा १३ दिनदेखि ठप्प रेको छ ।

अकास्मिक बाहेकका सबै सोवा ठप्प गरी कर्मचारीहरु कलेज परिसर भित्रै निमित रुपमा कलेज प्रशासन विरुद्ध धर्ना बस्दै आएका छन् । ६ वर्षदेखिको सञ्चयकोष, पाँचवर्षको दशैं खर्च, नियमित लबभत्ता दिनुपर्नेसहितको माग कर्मचारीको रहेको छ ।

विगतमा पटक पटक गरेको सहमति सम्झौता कार्यान्वयन अस्पताल पक्षले नगरी प्रहरी प्रशासनबाट कर्मचारीलाई डराउने धम्काउने काम गरेकाले बाध्य भएर आफुहरु आन्दोलनमा उत्रेका कर्मचारी हकहित संरक्षण संर्घ समितका संयोजक उमेश यादवलेब ताए ।

सहमति कायान्वयन गर्नुको साटो विनाकारण स्पष्टीकरण पूर्वाग्रही भएर कर्मचारीलाई दुःख दिएको अर्का कर्मचारी विरेन्द्रकुमार झाको भनाइ छ ।

अहिलेकै माग राखी गएको भदौ १५ गते कर्मचारीले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी गरेका थिए । भदौ २६ गते मेडिकल प्रशासनका बरिष्ट अधिकृत दयानन्द झाले कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबिच छलफल भई तीन बुँदे सहमति भएको थियो ।

असोज ४ गते हरहिँसाब गर्ने, असोज १ देखि कलेजको सम्पूर्ण तालबन्दी खोली सेवा सुचारु गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने तीनबुँदे सहमति पत्रमा कलेज प्रशान र कर्मचारीले हस्ताक्षर गरेका थिए ।

कलेज प्रशासनका बरिष्ठ अधिकृत दयानन्द झाले सञ्चालक आएपछि मात्र आन्दोलन लगायतको समस्या समाधान गर्ने बताए ।

सहमति अनुसार कलेजले ४ गते हरहिँसाब नै नगरी सोज ११ गते कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादवलाई विभिन्न पाँचबुँदे स्पष्टीकरण सोधेपछि असोज १२ गतेदेखि नै कर्मचारीहरु अकास्मिक बाहेक सबै सेवा बन्द गरी धर्नामा बस्दै आएका छन् ।

source todaypati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय