हाम्रो जनकपुर/जनकपुरधाम ।जनकपुरमा डा. गोविन्द केसी समर्थन बिराेध गरेको जिवनरक्षाको माग गर्दै प्रदर्शन गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा.केसीको जीवन रक्षाका माग गर्दै स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् ।

२४ दिनदेखि अनशनरत बसेका डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै स्थानीय युवाहरूले बुधबार जनकपुरकाे रामानन्द चाैकमा प्रदर्शन गरेका हुन्।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान अन्तर्गतको कोभिड क्विक रेस्पोन्स टीम तथा स्थानीय युवाहरूको आयोजनामा भएको प्रदर्शनका सहभागीहरूले तत्काल वार्ता गरेर डा।केसीको जायज मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन्।

‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी सबै डा :केसीको साथमा’ नारासहित प्रदर्शनमा उतरेका युवाहरूले स्वास्थ्य शिक्षा सुधार जस्तो महत्वपूर्ण माग राखेर अनशनमा रहेका डा। केसीसँग संवादसमेत नगर्ने सरकार तानाशाहीतर्फ उन्मुख भइरहेको उनीहरूले आरोप लगाएका छन्।

आमनागरिकको हितलाई ध्यानमा राखेर अनशनमा रहेका डा।केसीको माग सम्बोधनगर्न तर्फ सरकारले चासो नदेखाएपछि युवाहरूले प्रदर्शन गरेको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए। सरकारले तत्काल वार्ता गरेर केसीले उठाएको माग सम्बोधन नगरे आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने साहले चेतावनी दिएका छन्।

तीन सातादेखि अनशनमा रहेका डा: केसीको माग सम्बोधन नगरेर सरकारले दम्भ देखाएकोले दबाबस्वरुप प्रदर्शन गरेको युवा चन्दन रायले बताए। प्रदर्शनमा सम्झना वर्मा, युवा अभियानी सरोज मिश्र, दीपक ठाकुर, बलराम साह, किसन साह,कायुम राइनलगायतका दर्जनौं युवाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय