काठमाडौं ।”राष्ट्रिय नागरिक आन्दोलनको तैयारी घोषित गर्दै नारा “गाउँ–गाउँ टोल–टोलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा देखिएको छ ।

डा.मनोज मुक्ति विवेक नेतृत्वकको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘राष्ट्रिय नागरिक आन्दोलन’को तयारीलाई तीव्र बनाएको छ ।

राष्ट्रिय नागरिक आन्दोलनको तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ–गाउँ टोल–टोलमा जनतान्त्रिक, आत्मसमीक्षाको साथ भुलसुधारका लागि घर–घरमा जनतान्त्रिक” लाई सफल पार्न र जनसम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको प्रक्रिया भइरहेको अध्यक्ष डा.विवेकले जानकारी दिएका छन् ।

मोर्चाका अध्यक्ष डा. विवेक भन्छन्, ‘नियमित प्रक्रियालाई निरन्तरताकै क्रममा मोर्चालाई व्यापक जनसमर्थन प्राप्त भइरहेको प्रती हामी आभारी छौं, जन(समर्थन र आम(जागरुकतालाई सूक्ष्म विश्लेषण गर्दा लाग्दैछ कि अब त्यो दिन टाढा छैन, निकट भविष्यमै हामी हाम्रो लक्ष्य प्राप्त गर्ने छौँ ।’

यसैबीच, महोत्तरी जिल्ला, मटिहानी नगरपालिका वार्ड नं. ४ मझौरा निवासी राकेश मिश्रालाई महोत्तरी जिल्लाबाट मोर्चाको केन्द्रीय सदस्यमा मनोनयन गर्दै महोत्तरी जिल्ला संगठन ईन्चार्जमा नियुक्त गरिएको छ ।

यस्तै, रौतहटको बौधिमाई नगरपालिका वार्ड नं २ ईनरवा निवासी राम प्रसाद राउत लाई रौतहट जिल्लाबाट मोर्चाको केन्द्रीय सदस्यमा मनोनयन गर्दै रौतहट जिल्ला संगठन ईन्चार्जमा नियुक्त गरिएको विवेकले जनाएका छन् ।

“संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना“, “मानवतावादमा आधारित पूर्ण समतामूलक देश र समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, स्वायत्तता र आत्मनिर्णयको अधिकार सहितको बैज्ञानिक संघीय संरचना सहितको जनतान्त्रिक शासन ब्यवस्था“ स्थापना गर्नैपर्ने माग मोर्चाको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय