ओखलढुङ्गा । यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् ।

स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजुरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए ।

“करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।” घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।

अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ ।

घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय