हाम्रो जनकपुर /महोत्तरी । महोत्तरीको जलेश्वरमा डा.गोविन्द केसीको समर्थनमा युवाहरूले शान्तिपूर्ण धर्ना दिइएका छन्। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर धर्ना दिएका हुन् ।

जलेश्वरको बुद्धिजीवी डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण धर्ना दिएको नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए ।

चोकमा नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा.गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले धर्ना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय