हाम्रो जनकपुर/महोत्तरी। महोत्तरीमा बलात्कारको मुद्दा फिर्ता लिन १० लाख रुपैयाँ, १० कट्ठा जग्गाको प्रलोभन,दिएपछि पिडित नमाने ज्यान मार्ने धम्की आउने गरेको पीडितले बताएकी छिन् ।

महोत्तरी २०७७ असोज १९गते ३० बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिव मिथिलेश यादव असोज १४ गते गिरफ्तार भएपछि पीडितलाई मुद्दा फिर्ता लिन भनेर आर्थिक प्रलोभन देखि ज्यान मार्ने धम्की समेत आउने गरेको पीडितले जनाएकी छिन् ।

पीडित महिलाले भंगहा नगरपालिका ९ का वडा सचिव यादवले असोज १४ गते साँझ हरिनमरी बजारबाट साँझ घर फर्किँदै गरेकी ती महिलालाई गाउँ नजिकैको खोलामा पुग्दो रोकेर र बलजफ्ती समातेर झाडीतिर लगेर बलात्कार गरेको बताएकी छन् ।

पीडित महिला ढकिया र टोकरी बनाई बेचेर गुजारा चलाउँछिन् । घटनाको दिन पनि नजिकैको हटियामा ढकिया टोकरी बेचेर फर्किदै थिइन् ।

https://youtu.be/pofoeNKep9o

प्रहरीले सचिव यादवलाई गिरफ्तार गरेको छ भने महिलाको स्वास्थ्य जाँच गराएको छ । यादव बिरुद्व जबर्जस्ती करणीको मुद्धामा अनुसन्धान सुरु गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो।

यता प्रहरीले अनुसन्धान गरिरहँदा यादवका आफन्तले घटना मिलाउन पीडितलाई प्रलोभन देखाउन थालेका छन् ।

असोज १८ गते आइतबार ढकिया बेच्न बजार गएको बेला आएका दुई जनाले मिल्न दबाव दिएको पीडित महिलाले बताएकी छन् ।

उनले भनिन् , ‘पैसा लिएर मिलापत्र गर्न धेरै किसिमको मलाई धम्की आइरहेको छ, पहिले दुई लाख दिन्छु भन्थे, नमानेपछि दस लाख दिन्छु भन्छ, अब १० कठ्ठा जग्गा तेरो नाममा गरिदिन्छु तर मुद्दा फिर्ता लिहाल, हैन भने ज्यान मार्ने धम्की दिन्छन् ।’

पीडित महिलाले आफूलाई उनिहरुले ‘हामी जे भन्छौं, त्यो मानिहाल, नभए ठीक हुँदैन’ भनेर फर्किएको सुनाईन् । उनले यसबारे परिवारलाई जानकारी गराएकी छन् ।

‘ पीडित महिलाले भनिन, ‘स्थानीय जनप्रतिनिधि नै मलाई पटक-पटक पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता नलिए ज्यान मार्ने सम्मको धम्की दिन्छ, तर मैले मानेको छैन, मैले मेरो खोसिएको अस्मिता र इज्जत त फर्किदैन, तर मैले गुमाएको अस्मिता त्यसै खेर जान दिन्न, मलाई न्याय चाहिन्छ।’

‘यादव छुटेर आए परिवारै सिध्याउने धम्की आउने गरेको पीडित महिलाको भनाइ छ । चारैतिरबाट धम्की आउँछ, मुद्दा फिर्ता लि नत्र तेरो घरमा कसैलाई छोडदिन भन्छन, पीडित महिलाले भनिन, ‘बिहान बेलुका मेरो माइतमा समेत छोरीलाई सम्झाई हाल नभए ठीक हुँदैन भनेर धम्क्याउँछन, अब त एक्लै घरमा बस्न समेत डर लाग्छ, जो कोही पनि घरमा आएर पनि आएर धम्काएर जान्छ, मुद्दा फिर्ता लिहाल हैन, भने ठीक हुँदैन ।’

सुस्केरा हाल्दै पीडित महिलाले भनिन, ‘मेरो त बाहिर निस्कनै बन्द भएको छ, घरमा पढेलेखेको कोही छैनन, कसैले केही बुझ्दैनन, जसले जे भन्यो त्यहीमा मुन्टो हल्लाउँछ, म एक्लै न्यायको लागि कहाँ भौतारिनु ? पीडित महिलाले भनिन्, ‘घरदेखि लिएर बजारसम्म मान्छेले मलाई विभिन्न प्रलोभन दिन्छन्, बजारमा म ढाकी, सुपली, कन्तरी बेचेर गुजाराका लागि जान्छु, तर त्यहाँ अर्कै बखेडा झिकिन्छ, मिल्न दबाब दिइन्छ, म कहाँ जाउँ कस्ले मलाई न्याय दिन्छ ।’

२०७७ असोज १५ गते जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अभियुक्तलाई हिरासतमा राखी अनुसन्धानमा लागिरहेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय