” धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र” का लागि प्रचण्ड र अन्य सबै तथाकथित परिवर्तनकारी शक्तिहरु भन्दा बढी योगदान दिएको म त मृत्युदण्डको अपराधी हुँ ! थुक्क म त, कायर हुँ !

B.P. को समाजवाद – मदनको जबज – एमालेको कमाऊवाद – कांग्रेसको लमपुच्छरेवाद – नेकपा (माओवादी) को आत्मसमर्पणवादी परिवारवादमा आधारित सत्तावाद – प्रचण्डको डुलमुलवादमा आधारित नीतिगत भ्रष्टाचार – माकुने + झल्लु + उल्लुहरुको पसनावाद – तथाकथित मधेशवादी/पहिचानवादीको कुर्सीवाद – ओलीको श्री ३ वाद र विदेशी पैसा/कृपा/बक्सिस/रकम/उपहार/तलब/दलालीको आडमा/जगमा उभिएको तथाकथित ” धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र” को वास्तविकता “कोरोना रुपि विकेन्द्रीकृत लूटतान्त्रिक GUNतन्त्र” नै हो !
लगातार बलात्कृत हुँदैआएका हामी र हाम्रो मातृभूमिलाई निकास दिन “धार्मिक स्वतन्त्रता सहितको (धर्म-सापेक्ष) वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्दै, मानवतावादमा आधारित स्वायत्तता एवं आत्मनिर्णयको अधिकार सहितको बैज्ञानिक एवं ब्यवहारिक संघिय जनतान्त्रिक शासन ब्यवस्था” स्थापना गर्नु नै पर्ने हुन्छ, जसमा श्रीपेच/राज-संस्था पनि राष्ट्राध्यक्षको रुपमा संवैधानिक उच्च-सम्मानका साथ अटाओस ।

निरन्तर प्रति सेकेन्ड बलात्कृत हुँदै हास्यास्पद र लज्जास्पद पहिचान बिहिन जीवन ज्युनुभन्दा त राष्ट्र र भविष्यका लागि कर्म गरेको बेस होला कि ? लूट मच्चिएको छ बुझ्दै लाटो हुनुभन्दा त बोल्दा बेस नी ? बन्दुकले सत्ता कब्जा गरिसक्यो, न्यायलय/न्यायपालिका – कार्यपालिका – ब्यवस्थापिकाको के हाल छ त्यो पनि देखिएकै छ नि, होईन र ?

थुक्क म, सुरक्षा निकाय त बेचारा न हुन् ! जहाँ राष्ट्रिय सेनाले गुलामी स्विकार्छ त्यो देशलाई मान्नै पर्छ, आखिर मेरो मानसिकता नै गुलाम रहेछ ! म जिनेटिक गुलाम रहेछु !

म त हिंडे “मुक्ति पथमा” जनतन्त्रका लागि भिडन, नेपाल आमाका लागि मर्न ! सोंच्ने बेलामा “दिवा-स्वप्नमा” रमाए र हराए, जब यतिका भोगे र महसुस भयो ब्युँझिए, तब अहिले आत्म-समीक्षा गरें, आफनै गालामा आफै झापड हाने र भुल-सुधार गर्न सडकमा चिच्याउँदै छु “आउनु होस् सँगै जुद्धौं, आमाको अस्मिताको सवाल छ ! हाम्रो घरको झगडा पछि सबै भाई सँगै बसेर मिलाउँला, कित्ताकाट गर्दै गरुम्ला” ! हाम्रो ब्यक्तिगत स्वार्थले हाम्री आमा/हाम्रो मातृभूमि नै ……………………………………………………. !

बर्दी र मातृभूमि दुबै लुटिएको – कुटिएको – बेचिएको छ, रक्षा र सुरक्षा दिने क्षमता/हैसियत/पहुँच/शक्ति कसैमा देखिएन !

त्यसकारण “राज-संस्था” चाहिन्छ नेपालमा, किन कि कारण सबैले बुझिसके अब ! यहाँ अब “राष्ट्रिय पहिचानको सवाल छ, स्वाधीनता र स्वतन्त्रताको सवाल छ, राष्ट्रिय एकता र सह-आस्थाको सवाल छ, अधिकार र अधिपत्वको सवाल छ” ! राजाले सकने कि नसकने तथ्य इतिहासले स्पष्ट देखाउँदै छ, भन्दै छ, तथ्यपरक ब्याख्या-ब्याख्यान गर्दैछ र भविष्यले फेरि सिद्ध गर्ने नै छ !

आधुनिक नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाह – महान प्रजातन्त्रवादी आधुनिक नेपालका राष्ट्रपिता त्रिभुवन – बिकासप्रेमी, दुरदर्शी, महान कुटनीतिज्ञ, सफल शासक राजा महेन्द्र – महान उदारवादी तथा समाजवादी प्रजावत्सल श्री ५ विरेन्द्र का वंशज सन्तसिरोमनी, राजर्षी, त्याग एवं धैर्यताका प्रतीक, विश्वप्रसिद्ध सफल ब्यापारी, विधि तथा विधानपालक एवं जनादेशपालक, कोमल-हृदयेन्द्र (हृदयको कोमलताको मुल्यांकन गर्दा ब्रम्हाण्ड मै उदाहरण नभएको), विश्वले स्विकारेको वैदिक सनातन परम्परा-संस्कृति-सभ्यताका संरक्षक सम्राट श्री ५ ज्ञानेन्द्रलाई केही मुठ्ठीभरका ५-७ जनाको भ्रष्ट झिनो समुहले नस्विकार्नु भनेको आम नेपालीले नस्विकार्नु होईन !

फैसला आम नेपालीको हातमा छ, “यो भ्रष्ट ब्यवस्था थेग्ने कि देश/मातृभूमि/पहिचान जोगाउने/बचाउने” ! जनता नै निर्णायक शक्ति हुन् , इतिहास साक्षी छ समाधान सडक बाटै हुने हो !

समाधान त छ नि ! यो हो समाधान “शान्तिपूर्ण राष्ट्रिय नागरिक आन्दोलन”, जसको नेतृत्व आम नेपालीले लिनुपर्छ, हरेक नेपालीले लिनैपर्छ ! किनभने जहाँ राज्य नै भ्रष्ट छ, ब्यवस्था-ब्यवस्थापक नै दलाल छन् त्यहाँ जिम्मेवारी देशभक्त आम जिम्मेवार नागरिकको काँधमा आईपुग्छ । त्यसैले त “राष्ट्रिय नागरिक आन्दोलन” भनिएको हो, “जनतन्त्र भनेकै वास्तविक जनताको शक्ति हो, जहाँ आम जनता देखि राजासम्म विधि र बिधानको परिधानमा हुन्छन्” !

भो धेरै भन्दिन, यहाँ बोल्न – लेखन – सोंच्न प्रतिबन्ध गरिएको छ ! श्री श्री श्री १००००००८ श्री नेपाल सरकार र बलात्कार एवं भ्रष्टाचारलाई संवैधानिक अधिकार प्रदान गरेको “कोरोना रुपि विकेन्द्रीकृत लूटतान्त्रिक GUNतन्त्र नेपालको संविधान २०७२” को विरोध गर्नु भनेको आफनो मृत्युलाई आमन्त्रित गर्नु हो, म परे कायर ! त्यसकारण भुल-चुक माफी पाऊँ सरकार !!

अरुले (भारत – चीन – अमेरिका – EU र INGO तथा ब्यापारीहरुले सेयरमा) संचालन गरेको देशमा धेरै बोल्नु हुँदैन, देशद्रोह तथा राहद्रोह लागछ ! मृत्युदण्डको भागिदार/सजायप्ता भईन्छ ! त्यसकारण अरिंगालहरु समेत सरकारको जूनाफमा माफीको अपील छ !!

लेखक :- जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) हुन् । यो उनको आफ्नो भनाई हो र वहाँको सामाजिक संजालबाट लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय