हाम्रो जनकपुर /महोत्तरी । क्यान्सर पीडित नेकपाका नेता महादेव यादवलाई गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले व्यक्तिगत रुपमा ५० हजार रकम सहयोग प्रदान गरेका छन् । जनकपुरस्थित यादवको घरमा पुगि नगरप्रमुख महतोले सोमबार दिउँसो सो रकम हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि क्यान्सररोगले पिडित रहनुभएका यादवलाई उपचारमा राहत पुगोस भन्ने उद्धेश्यकासँग सो रकम हस्तान्तरण गरेका नगरप्रमुख महतोले बताउनुभयो ।

जनयुद्धको समयमा सँगसँगै लडाई लडेको र अहिले शारिरीक रुपमा अस्वस्थता भएपछि यादवलाई उपचारको लागि सो रकम व्यक्तिगत रुपमा सहयोग गरेको नगरप्रमुख महतोले जानकारी दिनु्भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय