जनकपुरधाम। सप्तरीकाे सुरुङ्गा नगरपालिका वार्ड नं.९ प्रमाणपुरमा ट्रान्सर्फमरको बिवाद अझै सुल्झिन सकेको छैन ।

स्थानिय वासीहरुका अनुसार वडा अध्यक्ष पृथ्वी बिलास चौधरीले आफ्नो राजीखुशी सप्तरीको सुरुङ्गा नगरपालिका ७ , हरिपुरमा ट्रान्सर्फमर जडान गर्न खोजिएजिए पछि बिवाद चुलिएको हो । १०० ( भल्ट)वाटको ट्रान्सर्फमर व्यक्तिगत स्वार्थका लागि वडा अध्यक्ष चौधरीले हरिपुरमा जडान गर्न खोजिएको स्थानिय राम कुमार मण्डल खत्वेले जानकारी दिनुभयो ।

उनका अनुसार, गाउँको बिकासको लागि आएको ट्रान्सर्फमर अरु वार्डमा जडान गर्न नदिने बताउदै हामीहरुले बिकासको लागि आएको ट्रान्सर्फमर आफनै वार्डमा जडान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यो बिवादको वारेमा आफूहरुले सवैसँग सहकार्य गरेर अगाडी बढने समाजसेवी तथा युवा बिभाष यादवले जानकारी दिनु भयो । यस सम्वन्धमा वडा अध्यक्ष चौधरीसँग हाम्रा सहकर्मीले सम्पर्क गर्दा सम्पर्क हुन नसकेको हाम्रा सहकर्मीले जनाएको छ । उक्त ट्रान्सर्फमर वडा अध्यक्ष चौधरीको घर अगाडी नै राखिएको छ ।

ट्रान्सर्फमर लिएर वडा अध्यक्ष चौधरी केही दिन अघि वडा नं.७ हरिपुरमा जडान गर्न गईरहेको बेला स्थानिय वासीहरुले ट्रान्सर्फमर आफनो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय