जनकपुरधाम । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति बिबेक ले आज एक प्रेस वक्तव्य जारी गर्दै महोत्तरी जिल्लाबाट “राकेश मिश्रा” र रौतहट जिल्लाबाट “राम प्रसाद पटेल” लाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रिय सदस्यमा मनोनीत गर्दै दुबैजनालाई आ-आफनो जिल्लाको “जिल्ला संगठन प्रभारी/ईन्चार्ज” कि विशेष जिम्मेवारी दिईएको जनाएका छन् । डा. मनोज मुक्ति “विवेक” द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि,

देशमा विध्यमान भ्रष्टाचार, लुट-खसोट, अनियमितता, अराजकता, राज्य प्रायोजित एवं नियोजित आतंक, निरन्तर बढदो वैदेशिक हस्तक्षेप र हाम्रो धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सनातन वैदिक दर्शन एवं ॐकार परिवार माथिको माथिको अनैतिक प्रहार, दमन, आक्रमण, अत्याचार, उत्पीडन एवं देश-बेचुवा राष्ट्रघाती तथा जनघाती गतिविधिहरु र “एकलवादी द्वन्द्वात्मक सिद्धान्त, मान्यता, चिन्तन, शैली, आचरण, प्रकृति, प्रवृत्ति, प्रवाह र प्रभावमा आधारित भ्रष्ट नश्लीय परिवारवादको पृष्ठपोषक अवैध राज्य ब्यवस्था-शासन-सत्ता एवं तन्त्रका” विरुद्ध हामी निरन्तर संघर्षरत रहेको तथ्य सर्व-विदित नै छ । अत: यस विषम परिस्थिति एवं इतिहास कै जटिल दुर्घटनाग्रस्त मोडमा रहेका हामी नेपाली र हाम्रो मातृभूमि नेपाललाई सुरक्षीत अवतरण गराउनुपर्ने अभिभारा हामी सम्पूर्ण देश-भक्त आम नेपालीको काँधमा आईपरेको छ । यस महान युगान्तकारी कर्तव्य एवं जिम्मेवारीलाई दृढतापुर्वक निर्वाह गर्न हामी एकजुट भई हातेमालो गर्दै “मुक्ति पथ” मा निरन्तर अगाडि बढ्नैपर्ने हुन्छ, “संवैधानिक राज-संस्था र धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना”, “मानवतावादमा आधारित पूर्ण समतामूलक देश र समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, स्वायत्तता र आत्मनिर्णयको अधिकार सहितको बैज्ञानिक संघीय संरचना सहितको जनतान्त्रिक शासन ब्यवस्था” स्थापना गर्नैपर्ने हुन्छ ।

अत: उपरोक्त महान उद्देश्यपुर्ती एवं “राष्ट्रिय नागरिक आन्दोलनको” तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ-गाउँ टोल-टोलमा जनतान्त्रिक, आत्म-समिक्षाको साथ भुल-सुधारका लागि घर-घरमा जनतान्त्रिक” लाई सफल पार्न र जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा मोर्चालाई व्यापक जन-समर्थन प्राप्त भईरहेको प्रती हामी आभारी छौं, जन-समर्थन र आम-जागरुकतालाई सूक्ष्म विश्लेषण गर्दा लाग्दैछ कि अब त्यो दिन टाढा छैन, निकट भविष्य मै हामी हाम्रो लक्ष्य प्राप्त गर्ने छौँ ।
उपरोक्त महान उद्देश्य एवं लक्ष्यमा हातेमालो गर्दै “मुक्ति पथमा” पूर्ण निष्ठा एवं ईमानदारीका साथ निरन्तर अगाडि बढ्ने वचनवद्धता गर्दै मोर्चाको नीति, नियम-निर्देशन, विधान अनुसार सक्रिय राजनीतिमा आफनो अमुल्य जीवन समर्पित गर्न उत्सुक तपसीलका क्रान्तिकारी सह-योद्धाहरुलाई “मुक्ति परिवारमा” हार्दिक स्वागत, अभिवादन, अभिनन्दन, बधाई एवं लक्ष्य प्राप्तिको कामनाको साथै शुभकामनाका साथ तपसिल बमोजिमको जिम्मेवारी तोकिएको छ ।

१) महोत्तरी जिल्ला, मटिहानी नगरपालिका वार्ड नं. ४, गाउँ/टोल मझौरा निवासी श्री मिथिलेश मिश्रा ज्युका सुपुत्र “श्री राकेश मिश्रा ज्यू” लाई महोत्तरी जिल्लाबाट मोर्चाको केन्द्रिय सदस्यमा मनोनयन गर्दै “महोत्तरी जिल्ला संगठन प्रभारी/ईन्चार्ज” नियुक्त गरिएको छ ।

२) जिल्ला रौतहट, बौधिमाय नगरपालिका वार्ड नं २, गाउँ/टोल ईनरवा निवासी “श्री राम प्रसाद राउत ज्यू” लाई रौतहट जिल्लाबाट मोर्चाको केन्द्रिय सदस्यमा मनोनयन गर्दै “रौतहट जिल्ला संगठन प्रभारी/ईन्चार्ज” नियुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय