काठमाण्डौं । पहिलो संविधानसभा निर्वाचन ताका रौतहटमा भएको हत्याकाण्डका एकजना अभियुक्त पक्राऊ परेका छन् ।

पक्राऊ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिकाका ५५ वर्षीय बद्री सहनी हुन् । उनलाई नेपाल भारत सीमाको बौधीमाई नगरपालिका ७ बडकी बंगल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीमाथि तत्कालिन संविधानसभा निर्वाचनका उम्मेदवार तथा हालका निलम्बित सांसद मोहम्मद आलमको निर्देशनमा बम बिष्फोटबाट घाइते भएकालाई जिउँदै ईट्टाभट्टामा हाल्ने कार्यमा संलग्न भएको आरोप छ । घटनापछि वेपत्ता पिन्टु भनिने त्रिलोकप्रताप सिंहका पिता श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत्रमा बुथ कब्जा गर्ने उद्देश्यले बमको व्यवस्था गरिरहँदा पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बिष्फोट भएपछि मृतक र घाइतेलाई ईंट्टाभट्टामा हालिएको खुलेको थियो । उक्त घटनापछि एक दर्जनभन्दा बढी वेपत्ता भएका छन् । घटनास्थल छाप्रोको प्रमाण एकै रातमा नष्ट भएको थियो भने सीडीओ र प्रहरीले आँखा छोपेका थिए ।
सहनीले आलमको निर्देशनमा मृतक ३ जना र घाइते गरी १६ जनालाई ट्याक्टरमा हालेर ईट्टाभट्टाको मुग्रोमा हालेको बयान दिएको प्रहरीले जनाएको छ । सहनी पक्राउले घटनाको वास्तविकताबारे थप तथ्य उजागर भएको छ । घटनाका अभियुक्त निलम्बित सांसद अफताव आलम हाल र्पुपक्षका लागि थुनामा छन् । उनले घटना नै नभएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय