सिरहा ,लाहान । सिरहा जिल्लाको लाहानका नगर प्रमुख मुनि साहद्वारा महिला अवासिय विद्यालयको शिलान्यास गरेको छ । लहान- ५ मा शिवशक्ति महिला अवासीय विद्यालय निर्माण कार्य सुरु हुने भएको छ । हालै गरिएको एक औपचारिक कार्यक्रममा का बीच लहान नगरप्रमुख साहले कक्षा ८ देखि कक्षा १२ सम्म पठनपाठन हुने अवासीय विद्यालयमा ४० जना छात्रा र पढाउने शिक्षिकाहरुको समेत गास ,बास र कपासको व्यवस्था हुने बताए ।

निर्माण हुनलागेको विधालय प्राविधिक धारतर्फको पहिलो महिला विद्यालयको रुपमा यस भेगकै पहिलो र नमूना विद्यालयको रुपमा स्थापित हुने नगरप्रमुख साहले विश्वास व्यक्त गरेका छन । साहले शिक्षा क्षेत्रमा गौरवको परियोजना थालेकोले विद्यालय निर्माणदेखि संचालन कार्यमा स्थानीयहरुले अवरोध नगरी सहयोग गर्न अपील गरेका छन ।

केहि दिन देखि निर्माणाधीन विधालय मुस्लिम समुदायका लागि मात्र भन्दै अफवाह फैलिएको भन्दै प्रमुख साहले यसमा कुनै सत्यता नरहेको भन्दै धार्मिक सहिष्णुतालाई खलबलाउने गरी केहि व्यक्तिहरु लागि परेकोले यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेका छन ।

३ करोड ५१ लख एक हजार २६१ रुपियाँ ९५ पैसाको लागतमा विद्यालय भवनको निर्माण कार्य शुरु गरिएको हो।

२०७८ साल पुष १५ गतेसम्म सम्पन्न हुने गरी कविन्द्र यभान्सु इशा जेभि – ३ ललितपुर निर्माण सेवालाई उक्त भवन निर्माण गर्न ठेक्का दिइएको सुचना पाटीमा उल्लेख गरिएको छ ।

कार्यक्रममा उपस्थित लहान नगरपालिका उप-प्रमुख सरियार कुमारी चौधरी,शिक्षा संयोजक राज कुमार साह, योजना शाखाका वरिष्ट इन्जिनियर शत्रुधन चौधरी लगायतले शुभकामना मन्तव्य राख्दै सबैको साथ र सहयोग भए समयमै परियोजना सम्पन्न हुने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष सुलेमान मिया अन्सारीेको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय