हाम्रो जनकपुर /सिरहा । सिरहाको औरही गाउँपालिकाको पाँच वटै वडामा जनमत पार्टीको अधिबेशन सम्पन्न भएको छ। औरही गाउँपालिका ४ मा शुक्रवार भएको वडा अधिबेशनबाट सुरेन्द्र कुमार यादवको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रतोष यादव, महिला उपाध्यक्षमा गिता सिंह, सचिवमा शिवहरी यादव चयन भएका छन् । त्यस्तै वडा नम्बर ४ अन्तर्गतका सबै टोलहरुमा टोल समिती पनि गठन गरिएको छ ।

टोल समितीहरुमा नवटोली टोल प्रमुखमा बिसुन्देब ठाकुर, इटाटार टोल प्रमुखमा मटुक सिंह, कमलपुर टोल प्रमुखमा रामगुलाम यादव, गणेशपुर टोल प्रमुखमा दिनेश यादव लाई चयन गरेको छ । पुरानो पंचायत भवनको ठाउँमा आयोजित कार्यक्रममा जनमत पार्टीको केन्द्रिय सदस्य तथा पुर्व जिल्ला इन्चार्ज राजकुमार त्यागी, जिल्ला इन्चार्ज बिजय साह, प्रशिक्षण विभाग प्रमुख संजय यादव, विद्यार्थी जनमत संघको केन्द्रिय सदस्य दिपेन्द्र यादव लगायतका नेता कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

बिगत ७० साल पुर्व देखि संघर्षरत रहेको मधेशी समुदायका हजारौं वीर सपुतहरुले बलिदान दिएपनि नेताहरुको स्वार्थका कारण जनता सदैव धोका खाएको भन्दै अबको एक मात्र विकल्प जनमत पार्टी रहेकोले जनमत पार्टी नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने जनमत विद्यार्थी संघका केन्द्रिय सदस्य दिपेन्द्र यादवले बताए । उपत्यका बहिर सब भन्दा पहिले सिरहामै बिद्यालय स्थापना भए पनि सरकारको विभेदपुर्ण नितिका कारण सिरहा जिल्ला देशकै अशिक्षित जिल्लाहरुको सुचिमा शीर्षमा रहेको यादवले बताए । त्यस्तै वर्तमान अवस्थामा कुनै न कुनै वडा तथा पालिकामा जनमत पार्टी बाहेक सबै पार्टीको सरकार रहेको छ तर पनि कुनै एक वडा पनि नमुना बनाउन नसकिएको दावी गर्दै भिजन विनाको जनप्रतिनिधी भएकोले राम्रो काम हुन नसकेको युवा नेता संजय यादवके बताए । त्यसैले अब हामीले बैज्ञानिक द्वारा नेतृत्वको पार्टी जनमत पार्टीमा लाग्नु पर्ने देखिएको यादवले बताए ।
५ वटा वडा रहेको औरही गाउँपालिकाको ५ वटै वडामा अधिबेशन सम्पन्न भैसकेको छ । वडा न. १ को अध्यक्षमा पतिराम यादव, वडा न. २ को अध्यक्षमा प्रशुराम यादव, वडा न. ३ को अध्यक्षमा बिरेन्द्र यादव, वडा न. ४ को अध्यक्षमा सुरेन्द्र यादव र वडा न. ५ को अध्यक्षमा इन्द्र कुमार यादव चयन भएको हो ।
सबै वडामा अधिबेशन सम्पन भैसकेकोले चाडै गाउँपालिका परिषद गर्ने गरि तयारी भैरहेको गाउँपालिका अध्यक्ष पंकज कुमार सिहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय