विपिन कुमार यादव
हाम्रो जनकपुर / जनकपुरधाम
। धनुषाको कमला नगरपालिका वडा नम्बर ६ चुम्का चौक क्षेत्रमा जनता समाजवादी पार्टी धनुषाको कमला नगरका युवाहरुको आयोजनामा बृक्षारोपन गरिएको छ ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको प्रमुख आतिथ्यामा बृक्षारोपन सम्पन्न भएको हो । साँसद अरगरियाले दर्जनौं रुख रोपे । उनले सुन्दर र हराभरा वातावरणका लागि ठाउँ ठाउँमा बृक्षारोपन गर्नुपर्ने आवश्यकता औल्याए । वन विनास नरोकिए मानवको पनि विनास हुने उनको भनाई थियो ।

बृक्षारोपन कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव र शैलेन्द्र यादव,जिल्ला अध्यक्ष पशुपति यादव,जसपाका कमला नगरपालिका नगर अध्यक्ष मनिक लाल मण्डल,छठु मण्डल, मनोज साह, इसराफिल अन्सारी, प्रमोद अधिकारी, लक्ष्मेशवर यादव,नगर युवा अध्यक्ष राम कुमार साह लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा कमला नगरपालिका हथमुण्डा टोलको स्थानीय स्तरको संघर्षशिल नेताकार्यकर्ता हरु नेपाली काग्रेस,नेकपा पार्टी परित्याग गरेर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको थियो ।

कमला नगरपालिकाको हथमुण्डा टोलमा ४० वर्ष अगाडिदेखि नेपाली कांग्रेस पार्टीमा रहेको कार्यकर्ता बृजलाल सहनी ,राजेन्द्र सहनी,राम उदगार यादव, नेकपा पार्टीको आवद्ध महेन्द्र सहनी, कमल महतो सहित दर्जनौ स्थानीय नेताकार्यकर्ताले जनता समाजवादी पार्टी नेपाल , प्रदेश सांसद रामअशिष यादव, शैलेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव, युवा नेता षडानन्द यादवले अबिर लगाएर पार्टीमा प्रवेश गराएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय