रौतहट- रौतहटमा पुजारी साहको हत्यामा आर्थिक लेनदेनले हुनै नसक्ने पीडित परिवारले दाबी गरेका छन् ।

आफूसँग भएको एक कट्ठा जग्गा पनि बेचेर मन्दिर बनाएका साह भिक्षा मागेर जीविका चलाइरहेका बेला आर्थिक लेनदेनमा उनको हत्या भएको भन्नु सरासर गलत भएको पीडित परिवारका सदस्यले बताएका छन् ।

हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले घटना अन्यत्र मोड्न आर्थिक लेनदेनका आधारमा साहको हत्या भएको प्रतिबेदन तयार पारेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

परिवारको सदस्य गुमाएर मर्माहत भएको अवस्थामा प्रहरीले सोधपुछका नाममा ‘भिक्षा मागेर खाने मानिससँग अरूलाई ऋण दिने पैसा कसरी आयो ?’ भन्दै अनावश्यक तनाव दिएको उनीहरूले आरोप लगाएका छन् ।

हत्यारालाई बचाउन खोजिएको भन्दै पीडित परिवारले २ दिनअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कालोझण्डासमेत देखाएका थिए ।

गत भदौ ३ गते राति साढे ९ बजेतिर खाना खान बसेका बेला साहको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोलमा गोली हानी हत्या गरिएको थियो ।

हत्या गरेको आरोपमा प्रहरीले यही भदौ १५ गते देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय