• नितेश यादब

हाम्रो जनकपुर / पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले २०७७/०५/१५ गते नियमित परीक्षा वैकल्पिक प्रणाली online बाट मात्रै संचालन गर्ने गरी सूचना निकालेका छन्। विद्यार्थीहरूको मर्म विपरीत परीक्षा सञ्चालन गर्ने यो निर्णय रहेको छ। देशका अधिकांश ग्रामिण भागका विद्यार्थीहरु इन्टरनेटबाट बन्चित भइरहे बताए, त्यहीं भएर यस्ता निर्णयहरूले विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरिरहेका छन्। जहाँ 2G मोबाइल नेटवर्क हुदैन, त्यहाँबाट यति ठुलो फाइल कसरी पठाउने हो। साथै नियमित र आंशिक विद्यार्थीहरुको बीचमा विभेदकारी निर्णयले झन आपत्तिजनक बनाएको रहेछ, जहाँ मधेशका अधिकांश भागमा विद्याथीहरु साधारण मोबाइल मात्र चलाएका छन्, त्यहाँ इन्टरनेटबाट Online Exam गराउने विश्वविद्यालयको निर्णय बालुवामा पानी खन्याए सरह हो त्यसर्थ यस निर्णयप्रति विद्यार्थी जनमत संघको गम्भीर ध्यानाकर्षण भएको छ।
देशको अधिकाशं विद्यार्थीलाई प्रतिनिधित्व गरिने विद्यार्थी जनमत संघ छोटो समयमा यति धेरै लोकप्रिय बन्न सफल विद्यार्थी संगठन विद्यार्थीहरूको आवाज र हरेक अवस्थामा साथ सहयोग गर्न प्रतिबद्ध रहेको छ। विद्यार्थीहरूको माग अनुसार चल्ने र हरेक कठिन परिस्थितिमा पनि लडिरहने विद्यार्थी संगठन विद्यार्थी जनमत संघ हो। विद्यार्थीहरूको भावनाअनुसार नियमित विद्यार्थीहरूलाई आन्तरिक मुल्याकनबाट उतिर्ण गर्ने तथा आंशिक विद्यार्थीहरुलाई Online Exam गराउँदा उपयुक्त हुने भने विद्यार्थीहरूको माग रहेको छ, यस विद्यार्थीहरुको माग प्रति साथ उभिने निर्यण गरेको छ। साथै भविष्यमा विद्यार्थीको जनमतले जे निर्णय गर्छ, विद्यार्थी जनमत संघ त्यही निर्णयलाई समान गर्छ।
विद्यार्थीहरूको माग विपरित विद्यार्थी संगठनका केही नेताहरु जुन सामाजिक सञ्जालमा समूहहरु बनाई आफूलाई मात्र फाइदा हुने गरी जुन कार्यहरु गरिरहेका छन् सो कार्यहरुलाई तत्काल बन्द गरी विद्यार्थीहरूको उचित माग प्रति सहजक हुन अनुरोध गर्दछौँ।

प्रेस बिज्ञापित जारि गरेको तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय