हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाका असिनापानी र हावाहुरीबाट प्रभावितहरुलाई जस्ता पाता सहयोग गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नं. ४ का सांसद एवं पुर्व मन्त्री रघुविर महासेठको पहलमा गृहमन्त्रालयले जिल्ला विपद व्यवस्थापन समितिको माध्यमले उपलब्ध गराइएको जस्तापाता मिथिला नगरपालिका र बटेश्वर गाँउपालिकाको प्रभावितहरुलाई प्रदान गरिएको छ ।समाजिक दुरी बनाउदै सुरक्षा व्यवस्थाका साथ नेकपाका स्थाई कमिटि सदस्य समेत रहेका महासेठले गत बैशाख १२ गते असिनापानी र हावाहुरीबाट पुर्णरुपले क्षतिग्रस्त कुल २१ सय ४४ प्रभावित घरपरिवारलाई प्रतिघर २ ब्यान्डल २४ पिसको दरले जस्तापाता उपलब्ध गराएको हो । गृहमन्त्रालयले छुटयाएको ४ करोडको लागतमा धनुषा स्थित जिल्ला विपद व्यवस्थापन समितिले सो जस्ता उपलब्ध गराएको हो ।सांसद महासेठले आफु सहयोगका लागि समयमै पहल गरेको भएपनि प्राविधिक कारणवस केहि ढिलाई हुन गएको भए पनि प्रभावितहरुलाई हदै सम्मको सहयोग भएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । प्रदेश साँसद शत्रुधन महतोले क्षेत्रका प्रभावितहरुलाई केन्द्र सरकारले गरेको सहयोग प्रति धन्यवाद दिएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराई, नेपाल प्रहरी धनुषा प्रमुख एसपी रमेश बस्नेत, सशस्त्र प्रहरी प्रमुख एसपी नरेन्द्र सेन, मिथिला नगरपालिकाको मेयर हरि नारायण महतो, बटेश्वर गाँउपालिकाको अध्यक्ष डम्बर बहादुर राय, मिथिला बिहारी नगरपालिकाको मेयर अनिल कुमार यादव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय