स्थानीयहरुले विभिन्न शिर्षकमा भएको खर्चको विवरण यसअघि नै माग गरिसकेका छन् ।

हाम्रो जनकपुर / जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता एवम् प्रत्यासी अध्यक्ष जीवेन्द्र झाले धनौजी गाउँपालिकाले १ करोड बढी झवाम्म पारेको आरोप लगाएका छन् ।

विश्व अहिले कोरोनाबाट आक्रान्त रहेको बेला गाउँपालिकाको गरिब निमुखाको राहतको नाममा १ करोड बढी रुपैयाँ झवाम्म पारेको आरोप लगाएका हुन् । उनले कोरोनाको नाममा छुटयाइएको १ करोड ५० लाख रुपैयाँको शिर्षकगत हिसाब माग्दा नदिएको बताउँदै भित्रैभित्र झवाम्म पारेको बताएका छन् ।

राहतको नाममा विभिन्न वडामा ५ किलो चामल १ लिटर तेल, २ टा साबुन र १ किलो दाल केही जनालाई बाँडेर १ करोड ५० लाख खर्च भएको बताउँदै आएको अधिकृत र अध्यक्षलाई उदृत गर्दै बताएका छन् ।

उनले गाउँपालिका अध्यक्ष बद्री सिँह, प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर, स्वास्थ्य सँयोजक सबै जना मिलेर रकम झवाम्म पारेको आरोप लगाएका छन् । महामारी रोकथामको लागि गरिएको खर्चको अधिकारिक विवरण सार्वजनिक नगरे अख्तियारमा जाने चेतावनी दिएका छन् ।

यता, सो सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत ठाकुरसँग भने सम्पर्क हुन सकेनन् । स्थानीयहरुले विभिन्न शिर्षकमा भएको खर्चको विवरण यसअघि नै माग गरिसकेका छन् ।
सभार न्युज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय