हाम्रो जनकपुर / जनकपुरधाम : धनुषाको मिथिला विहारी नगरपालिकाले भ्रष्टाचार लुकाउन सूचना दिन नमानेको भन्दै स्थानीय युवाहरुले दबाब मुलक अभियान थालेको छ ।

युवाहरुले भ्रष्टाचार बन्द गर, नगरपालिका बचाऊ, लोकतन्त्रको आधार सूचनाको अधिकार लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर नगरपालिका अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शन सुशासन युवा संजालका नगर संयोजक अजय कुमार पण्डितको नेतृत्वमा युवाहरुले गरेका छन् ।

संजालका बरिष्ट सल्लाहकार राजेन्द्र यादबले मेयर र अधिकृत भ्रष्टाचार लुकाउन सूचना दिन नमानेपछि दबाब मुलक कार्यक्रम गरेको बताए । उनका अनुसार क्वारेन्टाइन, राहत वितरण, इन्धन, डिजिटल नगर प्रोफाइल सहितका विषयमा सूचनाको हक सम्बन्धी निवेदन दिएपनि नगरपालिकाले सूचना दिन मानेका छैन ।

‘सूचना दिन नमानेपछि आज दबाब स्वरुप सांकेतिक आन्दोलन गरेका छौं’, उनले भने, ‘सूचना नदिएसम्म आन्दोलन जारी राख्छौं । आन्दोलनको स्वरुप भने फरक फरक हुनेछ ।’

दबाब मुलक अभियान चलाउँदा अधिकृतले भोली राहत र क्वारेन्टाइनसहितका ११ शिर्षकमा मागेको सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्– बरिष्ट सल्लाहकार यादबले भने ।

फोटो/ भिडियो : सुनिल साह
टुडे खाेजमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय