हाम्रो जनकपुर / जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरुले जनकपुरधामको मठ–मन्दिरको जग्गा कसैलाई कब्जा गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले अतिक्रमण गर्न खोजेको रसिक विहारी भगवान तेली कुटीको सन्र्दभमा बोल्दै मुख्यन्त्री राउतले जग्गा कब्जा गर्न नदिने बताएका हुन्।

कुटीको जग्गाको विषयमा ध्यानाकषर्ण गराउन पुगेका जनकपुरधामका समाजसेवीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री राउतले भने,‘जनकपुरधामका मठमन्दिरको कुनै पनि जग्गा कसैलाई कब्जा गर्न दिदैनौं। बृजकुमार यादव होस् अथवा अन्य कोही होस्। सम्पूर्ण मठ मन्दिरको सुरक्षाको जिम्मेवारी सरकारको पनि हो।’

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि समाजसेवीहरुको टोली आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई भेटेको थियो।

भेटका क्रममा मन्त्री यादवले भने,‘मन्दिरको जग्गा कब्जा गर्ने भूमाफियाहरुको पक्षमा कोही लाग्नु हुँदैन। जो कोही पनि भूमाफियाको पक्षमा लागेको छ तिनीहरुलाई सचेत हुन आग्रह गर्दछु।’

रसिक विहारी भगवान तेली कुटीको जग्गा जोगाउन आफूले पूर्ण प्रयास गर्ने मन्त्री यादवले बताए।

यसैगरी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले रसिक विहारी तेली कुटीको जग्गा भूमाफियाबाट जोगाउन सहयोग गर्ने बताए।

मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरुलाई रसिक विहारी भगवान तेली कुटी र जानकी मन्दिरको जग्गा जोगाउन गएको टोलीमा पूर्वराज्यमन्त्री अरबीन्द साह, पूर्वसांसद धर्मेन्द्र साह, तेली कल्याण समाज धनुषाका अध्यक्ष रामबाबु साह, उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष हिरा साह, जिविसका पूर्वसभापति रामचरित्र साह, बैश्य कल्याण महासंघका राष्ट्रिय अध्यक्ष अमरनाथ गुप्ता, तेली कल्याण समाजका केन्द्रीय सचिव सत्यनारायण साह र तेली कल्याण युवा समाजको अध्यक्ष राजुकुमार साह थिए। – हुलाकी न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय