हाम्रो जनकपुर / जनकपुरधाम । प्रदेश नं २ सरकारले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको करोडौं बजेट भुक्तानी गर्न आनकानी गरको भौतिक पूर्वाधारमन्त्री पुतला दहन गरेको छ ।
राष्ट्रिय एकता अभियानका युवाहरुले सोमवार जनकपुरको जानकारी मन्त्री अगाडी भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल बिरुद्ध नारावाजी गर्दै पुतला दहन गरेको हो ।

सोनलले आर्थिक वर्ष २०७५÷ ०७६ मा उपभोक्ता समितिमार्फत भएको ८ सय ४२ योजनाको ८६ करोड रुपैयाँ भुक्तानी दिएका छैनन । ‘यस्तो हुनुको कारण प्रदेश सरकारमा व्याप्त कमिसनतन्त्र एवं भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको अक्षमता र बनदीयत तथा मन्त्रीहरुबीचको आन्तरिक मतभेद रहेको बुझिएको छ ।

यूवाहरुको एक समूले जितेन्द्र सोनल राजिनामा दे , उपभोक्ता समितिको रकम भुक्तानी गर , कमिसन खोरी बन्द गर जस्ता नारा लेखिएको प्लेकार्ड लिएर मन्त्रीबिरुद्ध सडमा प्रदर्शन समेत गरेको थिए । प्रदर्शन संगै युवाहरुले मन्त्री सानेलको तस्बीर जलाएको थियो ।
राष्ट्रिय संयोजक विनय यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।मुख्यमन्त्री राउतले सभामुख सरोज यादवको नेतृत्वमा संसदीय छानविन समिति बनाएर प्रतिवेदन बुझाई सक्दा पनि मन्त्री सोनलले जानाजान भुक्तानी नदिएको भन्दै अभियानले कम्युनिस्ट पार्टीको इसारामा प्रदेश २ लाई असफल बनाई संघीय प्रणालीलाई नै सिध्याउने खेलमा सोनल लागेकोले उनी विरुद्ध सडकमा आएको अभियानकी उपाध्यक्ष सुनिता साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय