हाम्रो जनक्पुर / जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको भाद्र १२ गते बसेको केन्द्रिय समितीको अनलाइन बैठकको निर्णय बमोजिम स्वराज आन्दोलनका प्रथम शहिद राममनोहर यादवको तेस्रो स्मृति दिवसमा स्थानिय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गरि मनाइएको छ ।

निर्णय अनुसार यसपटक कोभिड १९ प्रकोपको समयमा सभा समारोह गर्न सम्भव नभएको कारण केवल स्थानिय स्तरमा मात्र सामाजिक दूरी कायम गरी एवं आवश्यक सावधानी अपनाई श्रद्धाञ्जली कार्यक्रम गरिएको र निषेधाज्ञा लागु भएका ठाउंमा घर मै रही पार्टी नेता – कार्यकर्ताहरु द्वारा श्रद्धाञ्जली अर्पण गरिएको छ । स्वराज आन्दोलनका प्रथम शहिद राममनोहर यादवको तेस्रो स्मृति दिवसमा आ–आफ्नो स्थानबाट श्रद्धाञ्जली कार्यक्रम मनाउन सम्पूर्ण पार्टी पंक्ति,संघ संगठन , विद्यार्थी,युवा,किसान वकिल,बुद्धिजीवी ,नागरिक समाज तथा न्यायप्रेमी जन्ता संग जनमत पार्टीले आग्रह गरेको थियो ।

२०७५ भाद्र ७ गते तात्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीद्वारा हत्या गरिएको आरोप संगठनले लगाएको थियो । उच्च रक्तचापका विरामी समेत रहेका स्व. राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको, यातनाका बेला परिवारसंग भेट्न नदिएको जानकारी केन्द्रिय नेता अब्दूल खानले दिएका थिए । सिकिस्त भई बेहोस भईसकेपछि मात्र प्रहरीले उपचारका लागी स्व. राममनोहरलाई लाई स्थानिय स्वास्थ्य चौकी, जिल्ला अस्पताल र अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरी जानिजानि भाद्र १५ गते मृत्युको मुखमा पु¥याएको आरोप पार्टीको छ । पार्टीकी धनुषा अध्यक्ष अनिता साहले महामारीको अवस्थालाई ध्यानमा राख्दै घरमै शहिद यादव प्रति श्रद्धाञ्जली अर्पण गरिएको बताइन् ।

एता जनमत पार्टीको भाद्र १२ गते सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गर्दै २०७७ फाल्गुन १५ गते सम्ममा वड़ा, गाऊँपालिका, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरी सक्ने निर्णय गरेको छ । तत् पश्चात् जनमत पार्टीको केन्द्रीय महाधिवेशन २०७७ चैत्रमा गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय