• बद्री नाथ झा

नेपाली कांग्रेस धनुषाका प्रभावशाली युवा नेता एवम कोरोना महामारी जनचेतना अभियानी प्रवेश चौधरीले धनुषाको निर्वाचन क्षेत्र नं. ३ अन्र्तगतको ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन । नेपाली कांग्रेस धनुषाका जिल्ला सदस्य समेत रहेका युवा नेता चौधरीले शनिवार ग्रामिण स्थानीय तहहरुलाई पिपिई , सेनीटाईजर , मास्क , ग्लोबस , बुट सहितका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका हुन । नेता चौधरीले नगराईनको फुलगामा बहिरी स्थित श्री गिरिजा मा.वि. क्वारेन्टाईनलाई ४ थान पिपिई , २ थान बुट , २०० थान मास्क सहितका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन । नगराईन नगरपालिका वडा नं. ३ का अध्यक्ष पल्टु साहलाई उतm समाग्री हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस नगराईन नगर सभापति विश्वनाथ ठाकुर , नगराईन नगरपालिका वडा नं. २ का अध्यक्ष देबलाल यादव र क्वारेन्टाईनमा खटिएका सुरक्षाकर्मीको उपस्थितिमा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

त्यसै गरी नेता चौधरीले शनिवार नै नेपाली कांग्रेस मुखियापटटी मुसहरनिया गाउंपालिकाकी अध्यक्ष अंजना चौधरीलाई तुल्सीयाहीस्थित उनको निवासमा ३ थान पिपिई , १ थान बुट , २०० थान मास्क सहितका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस निर्माण व्यवस्था विभागका सदस्य एवम् महाधिवेशन प्रतिनीधि सुरेन्द्र चौधरी (मुन्ना) , नेपाली कांग्रेस मुखियापटटी मुसहरनिया गाउंपालिका वडा नं. ३ का सभापति रामसागर महतो लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै धनौजी गाउंपालिकालाई पनि ३ थान पिपिई , १ थान बुट , २०० थान मास्क लगायतका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । नेता चौधरीले गाउंपालिकाका अध्यक्ष बद्री नारायण सिंहलाई गाउंपालिकाको कार्यालयमै स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरे । धनौजी गाउंपालिकाका स्वास्थ्य शाखाका देबेन्द्र यादव , सुरेश मंडल , स्थानीय नेता कमलकान्त झाको उपस्थितिमा सो सुरक्षा समाग्री हस्तान्तरण गरिएको थियो ।

दिनानुदिन कोरोना भाईरस संक्रमितहरुको संख्या बढन थालेपछि जनचेतना फैलाउन युवा नेता चौधरीले सो स्थानीय तहहरुमा जनचेतना अभियान अन्तर्गत माईकिंग गरी सर्तकर्ता अपनाउन आह्वान गरेका छन । नेता चौधरीले नोभेल कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने सतर्कता र सावधानीबारे जानकारी गराउन स्थानीय युवाहरुलाई परिचालन गरेका छन । युवाहरुले जनचेतना फैलाउनुका साथै स्थानीयहरुलाई मास्क , सेनीटाईजर लगायतका सुरक्षा समाग्री वितरण गरिरहेको नगराईन नगरपालिका ६ लगमाका मुकेश झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय