हाम्रो जनकपुर / सिरहा । सिरहामा समान्य विवादमै कांग्रेस, नेकपा र जसपाका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएको छ ।
सिरहाको सीमावर्ती भगवानपुर र बरियारपट्टि गाउँपालिकामा समान्य विवादमै शनिबार र शुक्रबार राति कुटाकुट भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन्। त्यसमध्ये गम्भीर घाइते भएका केहीलाई विराटनगर रिफर भएका छन् भने केही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् ।

शनिबार दिउँसो गर्मी लागेको बेला भगवानपुर गाउँपालिका २ लहरास्थित छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ। जसमा दुवै पक्षको २२ जना घाइते भएका छन्। उनीहरुमध्ये अधिकांश थप उपचारका लागि लहानबाट विराटनगर रेफर गरिएको छ।

यहाँ नेकपाका दुनियालाल यादव र जसपाका जसिलाल यादव पक्षबीच कुटाकुट भएका छन्। घटना नेकपा र जसपा कार्यकर्ताबीच भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले जानकारी दिए। उनीहरुमध्ये अधिकांशलाई टाउको चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइतेभएकामध्ये दुनियालाल वडा तथा न्यायिक समिति सदस्य हुन्।

घाइतेभएकामध्ये धेरैलाई टाउकोमै चोट लागेको छ। डाक्टरले सिटी स्कान लेखेर लहानबाट विराटनगर रेफर गरेका छन्।

यसैगरी शुक्रबार राति सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारी गाउँस्थित जसपा र कांग्रेस कार्यकर्ताबीच धान खेतमा पानी पट्याउने विषयमा विवाद भएका छन्। त्यही विवाद कुटाकुट भयो। दर्जनौँ व्यक्ति घाइते भएका छन्। झगडा छुटाउन गएका दुई प्रहरी जवानमा पनि घाइते भएका छन्।

दुवै पक्ष अहिले घाइते भएर उपचारमा छन्। कसैले पनि प्रहरी उजुरी दर्ता गराएको छैन्। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले जानकारी गराए।स्रोत टुडेपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय