हाम्रो जनकपुर / जनकपुरधाम: तिनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धारासायी गर्ने काम गरिरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले आज बिहीबार जनकपुरमा विरोध जनाएको छ ।उद्योगी व्यापारीहरुले तिरेको ट्याक्सको पैसाले तलब भत्ता खाने सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरु तलब भत्ता लिइरहेको समयमा व्यापारीहरु मात्र मारमा परेको भन्दै जनकपुरधामस्थित जनकचोकमा चेम्बरको नेतृत्वमा व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।विरोध प्रदर्शनमा बोल्दै धनुषा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले व्यापारीहरू सरकारी ट्याक्स, बैंक ब्याज, पसल भाड़ा, आर्थिक खर्चको मार खेपिरहेको समयमा पनि सरकारले व्यापारीहरूलाई नै लकडाउनको नाममा धारासायी बनाउने काम गरेको आरोप लगाएका छन् ।उनले भने,‘व्यापारीहरुको सटर बन्द छ तर, बोर्डरदेखि बजारसम्म लकडाउन खुकुलो छ । त्यसैले सरकारको यस षडयन्त्रको बिरोधमा सम्पूर्ण उद्योगी व्यापारीहरुलाई एकजुट हुन हामीले आग्रह गरेका छौं ।’दुइ चरण गरी १ सय २० दिनको लामो लकडाउनको मार, बैंकको ब्याज, सरकारी कर, पसल भाड़ा र दैनिक घर चलाउने भार थेग्न नसक्ने उद्योगी व्यापारीहरु सरकारलाई आफ्नो व्यथा सुनाउन र त्यसको निराकरणका लागि आज धनुषा चेम्बर अफ कमर्सको अगुवाईमा प्लेकार्ड लिएर तिनटै तहको सरकारको सांकेतिक विरोध जनाएको चेम्बरका सदस्य जानी खानले बताए ।उनीहरुले सार्वजनिक पद धारण गरेका सरकारका मुखियादेखि स्थानिय तहसम्मका जनप्रतिनिधिहरूले आफ्नो तलव भत्ता र सेवा सुविधा यस विकट घड़ीमा जनताको पीड़ मार्का निवारण गर्न तर्फ लगाउनुपर्ने, व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै पसल भाड़ा, बैंकको ब्याज एवं सरकारी करमा राहत दिनुपर्ने, आम्दानी बन्द भएर आर्थिक मारमा परेका व्यवसायीहरुलाई लकडाउन अवधि भरका लागि खाद्यान्न सामग्री उपलब्ध गराउनुपर्ने, आइसोलेसन, क्वारेन्टाइन एवं कोभिड अस्पतालको यथाशीघ्र उचित ब्यवस्थापन हुनुपर्ने र सीमावर्ती क्षेत्र पूर्ण रुपमा सील गर्नुपर्नेलगायतका मागहरु राख्दै सरकारको सांकेतिक विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय