पत्रकार यादबको घरमा तोडफोड गर्न गइरहेका समूह । तस्विर : समाजिक संजाल फेसबुकबाट

हाम्रो जनकपुर / जनकपुरधाम : जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक बृजकुमार यादबको घरमा एक समूहले आज ढुङ्गामुढा गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका २ स्थित पत्रकार यादबको घरमा ढुङ्गामुढा गरेपछि केहि व्यक्ति पक्राउ परेका हुन् । पत्रकार यादबका अनुसार शिवशंकर साह ‘हिरा’, राजु साह, ललित साह, धिरेन्द्र साह लगायतका व्यक्तिहरु घरमा आएर एक्कासी ढुङ्गामुढा गरेका छन् ।ढुङ्गामुढा गरेको आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढुङ्गामुढा गर्नेहरुमाथि प्रहरीमा उजुरी दर्ता गर्ने तयारीमा पत्रकार यादब जुटेको बताइएको छ ।जनकपुरधाम उपमहानगरपालिका ८ मा रहेको आफ्नो जग्गा जातीयताको नाममा केहि व्यक्तिले अतिक्रमण गर्न खोजेको र रोक्न खोज्दा घरमा आएर आक्रमण गरेको पत्रकार यादबको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय