प्रदेश २

युवा नेता विकाश  ‘ठाकुरमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही मांग, समर्थनमा डा. मनोज मुक्ति,

By हाम्रो जनकपुर डेस्क

August 27, 2020

हाम्रो जनकपुर / काठमाडौं । समाजसेवी, भ्रष्टाचार विरोधी अभियनता एवं हिन्दुवादी युवा नेता विकाश ठाकुरको समर्थनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा मनोज मुक्ति उभिएका छन् ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजकसमेत रहेका अध्यक्ष डा मुक्तिले यस ‘नेपालपानाडटकम’का व्यस्थापकसमेत रहेका युवा नेता ठाकुरमाथि भएको संघातिक हमला एवं घटनाको कडा विरोध गरेका छन् ।

माथी प्रदेश नं २ को एक मन्त्रीको निर्देशनमा भएको संघातिक हमलाको कडा विरोध गर्दै डा मनोज मुक्तिले ‘प्रदेश नं २ का दुई नम्बरी सरकार (कमिसनखोर-भ्रष्ट-निकम्मा सरकार) अब गुण्डागर्दी र माफियाराज कायम गर्न अभ्यस्त/तल्लीन/क्रियाशील देखिन्छ ।’ भनेका छन् ।

उनले थपे ‘मधेश जन-विद्रोहको उपलब्धि मधेशमा देखिदैछ भने माओवादी स-शस्त्र आन्दोलनको उपलब्धि पुरै देशमा देखिदैछ ! जसको दुस्प्रभाव देश र आम नेपाली जनतालाई भोग्न बाध्य पारिएको छ । उक्त अमानवीय एवं गैर-राजनीतिक कु-कृत्यको तत्काल सुक्ष्म अनुसंधान एवं छानवीन गरि दोषी उपर कडा भन्दा कडा कार्यवाहीका लागि “जनता समाजवादी पार्टी, प्रदेश नं २ सरकार, संघीय सरकार एवं सुरक्षा निकाय सँग” हामी जोडदार माँग गर्दछौं ।’

अस्ती (मंगलबार) साझ ठाकुर मलंगवाबाट घर फर्किदै गर्दा प्रदेश २ का एक जना मन्त्रीका केही कार्यकर्ताहरुले उनको बाईक रोक्न लगाई ‘तिमी नै हो अख्तियारको बिषयमा समाचार लेखाउने, तिमीले नै हाम्रो मन्त्रीज्यूको खेदो खन्न लागि रहेका हुन्छौं’ भन्दै उनीमाथि आक्रमक शैलीमा प्रस्तुत भएका थिए ।