हाम्रो जनकपुर / रौतहट । रौतहटका निरन्जन राम हत्या अभियोगमा पक्राउ गरिएका विजय महराले अस्पतालमै दम तोडेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा यातना दिएको भनिएको रामको गएराती उपचारको क्रममा मृत्यू भएको हो ।

निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका सात अभियुक्त मध्ये बिजय रामको उपचारको क्रममा नेशनल मेडिकल बिरगंजमा गएराती मृत्यु भएको जनाइएको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगडिया बस्ने बिजय राम चमारलाई प्रहरीले अत्यधिक कुटपिट आरोप लगाइएको थियो ।

उनलाई ३ जना प्रहरीले कुटपिट गरि हत्या गरेकाे भनेर जिम्मा लिन जबर्जस्ती दबाब दिएको आरोप लगाउँदै उनलाइ आरोप नस्वीकारे प्रहरीले ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ । राम उपर प्रहरीले थर्ड डिग्री समेत प्रयोग गरिएको आरोप सहित पक्राउ परेको दिन देखि लागतार कुटपिट गरेकोले समयमा उपचार नगरेकोले किड्नीको समस्या भएको बताइएको छ ।

यता, सो आरोप जिल्ला प्रहरी कार्यालय रौतहटले अस्वीकार गरेको छ । आरोपलाई निराधार बताएको छ । रामलाई प्रहरी हिरासतभित्रै प्रहरीले हत्याको कबुलनामा गर्नको लागि अत्यधिक यातना दिएको विभिन्न सँचारमाध्यमहरुमा समाचार प्रकाशन प्रकाशित सहित समाजिक सँजालमा प्रहरी उपर रिस पोखिएको थियो ।

गत साउन ३१ गते सोही स्थान बस्ने २० बर्षिय निरन्जन रामको हत्यामा सँलग्न रहेको भन्दै प्रहरीले २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरेको थियो ।

निरँजन रामको अनैतिक सम्बन्धको कारण योजनाबद्ध तवरबाट धारिलो हतियारबाट घाँटी रेटेर हत्या गर्नमा संलग्न सात जनालाई सार्वजनिक गरी ज्यान सम्बन्धी कसुरमा भदौं १ गते सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।सभार todaykhoj.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय