हाम्रो जनकपुर / बर्दिबास : सामुदायिक विधालय रुपान्तरण गर्न जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले तयार पारेकोे ‘विद्यालय निर्माणमे चलु सब कोई जुटु यौं’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनुप जनकपुर नामक युटुभ च्यानल मार्फत म्युजिक भिडियो बजारमा आएको हो ।युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको मुख्य अभिनय रहेको म्युजिक भिडियोमा कलाकारहरुले सामुदायिक विद्यालय निर्माणमा जुट्न सबैलाई अपिल गरिएको छ ।सञ्जालले मुठ्ठीदान अभियान संचालन गरेर महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान निर्माण गरिरहेको छ ।अभियान सफल बनाउन तयार पारिएको म्युजिक भिडियोको गीत मगही भाषामा छ । पत्रकार अमृत कुमार महतोले रचना गरेको गीतमा गायक बिजय दासले स्वर भरेका छन् ।माँ सोना म्युजिक रेकडिङ्ग स्टुडियो गौशाला बजार महोत्तरी संचालक अमरेन्द्र महतोले गीतमा संगीत भरेका छन् ।अनुप जनकपुरको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियोको छयाँकन हाँस्यकलाकार कृष्ण कुमार महतोले गरेका छन् । भिडियो निर्माण गर्ने काम न्यामिक कुमार यादवले पुरा गरेसंगै भिडियो बजारमा आएको जनसहयोगी सञ्जाल बर्दिबास महोत्तरीका अध्यक्ष परमेश्वर महतोले जनाएका छन् ।
https://www.youtube.com/watch?v=pWd0u89Ph6s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय