तर, यी निमुखाहरुको भोकलाई भने स्थानीय प्रशासन, सरोकारबाला, मन्त्री, नेता, अगुवा, समाजसेवी कोही पनि वास्ता गरेका छैनन् ।

हाम्रो जनकपुर / बीरगँज । कोरोनाको महामारी भन्दै स्थानीय प्रशासनले निरन्तर लगाएको निषेधाज्ञाका कारण उच्च प्रभावमा परेका गरिब निमुखाहरुले सरोकारबालासँग खाना मागेका छन् । रिक्सा चलाएर जीवन बिताउने, भिख मागेर जीवन काट्ने, सडक पेटीमा सानो व्यावसाय गरी परिवार पाल्नेहरुको निषेधाज्ञाको कारण सबै चौपट्ट भएको भन्दै अधिकारीसँग खाना माग गरेका छन् । बीरगँजको घण्टाघर चोकमा राहतको समेत पर्खाईमा बसेका निमुखाहरुले कोरोना भन्दा भुख ठुलो भन्दै जिल्ला अधिकारीसँग खाना माग गरेका हुन् । उनीहरुले “कोरोना भन्दा ठूलो भुख हो, जिल्ला अघिकारी खाना देउ” भन्ने मूल नाराका साथ प्रदर्शन गरेका हुन् । उनीहरुले आ–आफ्नो हातमा थाल, गिलास तथा प्ले कार्ड लिइ खानाको लागि, परिवारको लागि प्रदर्शन गरेको हो । निरन्तर निषेधाज्ञा र लकडाउन कारण भिख समेत माग्ने वातावरण नभएको भन्दै भोकले परिवार मर्ने अवस्थामा गएको उनीहरुले भक्कानो फोडदै रोए । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेको भन्दै स्थानीय प्रशासनले बीरगँज सहित पर्सा जिल्लामा निरन्तर निषेधाज्ञा लगाउँदै अहिले सेना समेत परिचालन गरेको हो । तर, यी निमुखाहरुको भोकलाई भने स्थानीय प्रशासन, सरोकारबाला, मन्त्री, नेता, अगुवा, समाजसेवी कोही पनि वास्ता गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय