मेयर भन्छ अाफु जनता सेवा गर्दै अाए अाफु काेराेना संक्रमण भए २५ औँ दिनमा कोरोनामुक्त भएका छन्।

हाम्रो जनकपुर / वीरगन्ज: पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी २५ औँ दिनमा कोरोनामुक्त भएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा सरावगीको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो।

गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई १२ दिन आईसीयुमा राखेर उपचार गरिएको थियो। स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो।

मेयर सरावगीले आइतबार भएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताए। ‘कोरोनामुक्त भएको छु, अब मेरो सबै ध्यान नगरवासीको स्वास्थ्यमा हुने छ,’ उनल भने। उनको सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो। उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेको उनले बताए।

सरावगीले केही दिनभित्रै महानगरवासीको सेवामा आफू जुट्ने बताए। ‘अब मेरो ध्यान नगरलाई कोरोनोमुक्त बनाउन केन्द्रित हुन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय