हाम्रो जनकपुर / गौशाला । महोत्तरीको गौशाला नगरपालिका मेयर शिवनाथ महतोको प्रतिद्वन्दी उमेदवार रामकुमारी महतोले आफ्नो निजी लगानीमा थालेको सामुदायिक भवनको छल ढालेकी छिन् ।गौशाला नगरपालिका–१२ कान्तिबजार परोरिया गाउँमा करीब १५ लाख लागतमा उनले भवन निर्माण गरिरहेकी छिन् ।उनले ईटा, सिमेन्ट, रड प्रदान गरेपछि गाउँलेले श्रमदान गरेर भवन निर्माण गरिहेको स्थानीय रासबिहारी महतोले जनाए ।उक्त सामुदायिक भवनको नाम ‘बासुकीनाथ धर्मशाला’राखिएको छ ।गाउँमा सार्वजनिक भवन नहुँदा सभा–सम्मेलन गर्न, बराती, पाहुना राख्न समस्या हुँदै आएको थियो ।जनता समाजवादी पार्टीकी नेतृ महतो चुनावमा पराजी भएपनि जनताको सेवा लागिपरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय