हाम्रो जनकपुर / सिरहा । सिरहामा मृत अवस्थामा एक युवकको लाश फेला परेको छ ।

सिरहा जिल्लाकाे सिरहा नगरपालिका–१५ सुखचैनाको बुधौरास्थित घाँसघारीमा युवकको लाश भेटिएको हो । मिर्चैया नगरपालिका–९ रमपुरा बस्ने कृतिलाल महतोका २४ वर्षीय छोरा उमेश कुमार महतोको शव मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटना किन र कसरी भयो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने जिप्रका सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले बताए ।

मृतक उमेशको आफन्तका अनुसार, उनी चारपाँच दिनअघि गाउँकै विजय कुमार यादवसँग घरबाट काम विषेश भन्दै बाहिर निस्केका थिए । तर, सँगै गएका उनीहरुमध्ये उमेश सोमबार साँझ मृत अवस्थामा भेटिएका हुन् ।

विजय भने सम्पर्क विहिन छ । दुईतीन दिनअघि उमेशलाई कुटपिट गर्दै हत्या गरी घाँसघारीमा फालिएको र गन्हाएपछि शव फेला परेको घटनास्थलका प्रत्यक्षदर्शीहरुको भनाई छ ।

मृतक उमेशको पोष्टमार्टमपछि आज दाह संस्कार गरिएको छ । विजय र उमेश पछिल्लो समय लागुऔषध समेत प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय