हाम्रो जनकपुर / जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १६ जलाद पुल नजिकैबाट एक वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी भएको छ। धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवा पासवानको प्रदेश २–०२–००१ ब ००५९ नम्बरको सरकारी मोटरसाइकल चोरी भएको हो।

जनकपुरधामस्थित जलाद पुल नजिकै रहेको उनको आफ्नै घर बाहिरबाट सोमवार मध्यरातमा मोटरसाइकल चोरी भएको बताइएको छ। घर निर्माणाधिन रहेकोले मोटरसाइकल बाहिर राखिएको थियो। सुतिरहेको बेला मध्यरातमा मोटरसाइकल चोरी भएको वडाध्यक्ष पासवानले जानकारी दिए।

चोरी भएको मोटरसाइकल खोजिदिन उनले प्रहरी कार्यालयमा मौखिक जानकारी गराएको र मोटरसाइकल खोजीको कार्य तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय