हाम्रो जनकपुर / धनुषा ,जकपुधरधाम । कोरोना जेखिमलाई मध्यनजर गर्दै धनुषा जिल्ला भरि एकसाता लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६।३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।बिहान १० बजेसम्म भने पसल व्यवसाय संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रमेम प्रसाद भट्टराईले जारी गरको सूचनामा उल्लेख छ । तर व्यवसाय संचालन गर्न मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । जनकपुरदेखि क्षिरेश्वरनाथ नगरपालिकासम्म जारी गरिएको निषेधाज्ञा दोश्रो पटक साउन २५ गते थप गरेको थियो । तर जिल्ला भरि नै कोरोना जोखिम बढेपछि प्रशासनले आइतबार रातिदेखि जिल्ला भरि नै एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय