तस्बिर संकेत अनुसार

हाम्रो जनकपुर / पर्सा – विश्वव्यापी महामारीको रूपले फैलिरहेको कोरोना भाइरसको कारण बिगत ५ महिना देखि नेपाल भारत सिमा शिल र पर्सा जिल्ला भरि निषेधाज्ञा जारी भए पनि सीमावर्ती क्षेत्रको सशस्त्र प्रहरी का सई श्यामानन्द हरिजनले सिमा नाका मिर्जापुर भलुवहीयालाई कमाइ खाने भाडो बनाएर सिमानाकालाई खुल्ला गरेर लखनऊ लुट मचाएको स्थानिय हरुले बताएका छन ।

पर्साको सबै सिमा नाका बन्द भएपछि पर्साको नामुदत तस्करहरुले सशस्त्र प्रहरी मिर्जापुरको इन्चार्ज श्यामानन्द हरिजनको सहयोग मा छिपहरमाई गापा वार्ड नं १ मिर्जापुर भलुवहीया सिमानाका प्रयोग गरी लाखौं लाख को तस्करी भइरहेको श्रोतले बतायो । सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट भिस्वा बन्जारी बाट कोरोना महामारी नियन्त्रणको लागि सिमानाका मिर्जापुर महादेव मावि मा पोष्ट बनाई सिमामा खटेका सशस्त्र प्रहरी इन्चार्ज सई श्यामानन्द हरिजन कै सेट्टिंग मा मिर्जापुर भलुवहीया भई अवैध रुपमा भन्सार छली भारतबाट रातिको समय मा नेपालमा अभाव भएको ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडी को पार्ट्स, हार्डवेयर, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी ,आलु ,प्याज ,खाने तेल, चपल, भैंसी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेको स्थानीयको आरोप छ ।

नेपाल बाट भारत मा प्रहरी कै सहयोग मा रक्सी मदिरा को तस्करी हुँदै आएको स्थानीयले बताएका छन । मिर्जापुर भलुवहीया सिमानाका मा खटिने सशस्त्र प्रहरी को जवानहरुले नेपाल मा नपाएर हाहाकार मच्चीएको बेला किसान ले ल्याएको एक बोरा मल मा रु १०० रकम उठाउँने गरिरहेको खबर प्राप्त भएको छ ।

पर्सा को सबै सिमानाका बन्द भएपनि मिर्जापुर सिमानाका बाट सशस्त्र प्रहरी को सहयोगमा प्रत्येक दिन रातिको समय मा ५० देखि ८० हजार सम्मको मदिरा को तस्करी भइरहेको सूचना प्राप्त भएको छ । बोडरकै छेउ छाउ मा धेरै रक्शी भट्टी संचालन मा छन तर भट्टी साहुले सिमानाका मा रहेका सशस्त्र प्रहरीका सई श्यामानन्द हरिजनलाई नजराना दिदै चलाइरहेको श्रोतको दाबी छ । त्यहा भारतको धेरै ठाउ बाट मान्छेहरु सिमानाका लक भएपनि रक्शी खान आउने गरेका छन् । संचालन मा रहेको सबै भट्टी साहु सँग हरेक महिना१५ सय रुपैया र रक्सी को तस्कर सँग हरेक महिना प्रति व्यक्ति १५ सय को दरले उठाउने गरेको स्रोतले जनाएको छ ।

त्यस्तै साउन २४ गते शनिबार राति करिब १ बजेको समय मा भारत बाट १५ १६ जना रक्शी तस्करको टोली लाई नेपाल प्रवेश गर्ने क्रम मा सशस्त्रका जवानहरुले नियन्त्रणमा लिएकामा इन्चार्ज हरिजनले नजराना को कुरो आउट हुने डरले माथि कुनै जानकारी नदिई सशस्त्रका जवानहरु लाई सम्झाई बुझाइ तस्कर हरुलाई छुटाएको श्रोतले बतायो । आजभोली पर्साको छिपहरमाई १ मिर्जापुर भलुवहीया नाका बाट भैंसीको कारोबार चलिरहेको समाचार प्राप्त भएको छ । बोर्डर मा सशस्त्र प्रहरी भए पनि नेपाल प्रहरी जेठ ३ १गते शनिबार रातिको समय मा भैंसी ६, रंगा ३ वटा नियन्त्रण लिई भन्सार मा बुझाएको थियो तर सशस्त्र प्रहरीले बोर्डर मा आर्थीक चलखेल गरी छुटाएको स्थानीयको आरोप छ ।

श्रोतका अनुसार तस्करहरुले साइकल, मोटरसाइकल,पैदल टाउको मा राखी बोर्डर कटाउने गरेका छन् । सो वापत साइकल मा तस्करी गर्ने सँग प्रति महिना २ हजार रुपैया र मोटरसाइकल बाट तस्करी गर्ने सँग प्रति महिना ४ हजार ५ सय रुपैया , भैंसी तस्कर सँग प्रति भैंसी १ हजार रुपैया र राँगाको प्रति राँगा २ सय रुपैया ड्युटीमा मा रहेका प्रहरी हरु लाई रिचार्ज खर्च दिने चलन रहेको छ ।

भीरुध भिस्वाका यूवाहरूले सामाजिक सञ्जाल फ़ेसबुक मार्फत सशस्त्र प्रहरीले सर्वसधारण लाई दुःख दीएको र तस्कर लाई छुट दिएको भनाइ सार्वजनिक गरेका छन । दिन भरी निषेधाज्ञा र रात भरी तस्करी भइरहेको गुनासो स्थानियको छ । छिपहरमाई को भिष्वा, बुढगाई, टिहुकि, भेडिहर्वा, मिर्जापुर, भलुवहीया सिमानाका बाट सिमा लक भएपनि तस्करी नरोकिएको आरोप स््थानियको छ । यस्ता सुरक्षा निकायका कमाण्डरहरुको कारणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठन नै पूरा बदनाम हुँदै आएको र यस्तो गैर जिम्मेवार व्यक्तिहरू प्रति सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको स्थानीयहरु बताउँछन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय