हाम्रो जनकपुर / अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ एड्भोकेसि नेपालको संयोजनमा प्रदेश २ का भुमि व्यवस्था तथा कृषि राज्यमन्त्री माननिय योगेन्द्र राय यादवको प्रमुख अतिथित्यतामा भर्चुअल माध्यमबाट सुरु भएको प्रदेश २ युवा सम्मेलन उद्घाटन पस्चात प्यानल सेसन सुरु भएको थियो ।

प्रदेश २ को अवस्था तथा युवाहरुको भुमिका कहाँ र कसरि गर्न सकिन्छ साथै युवाका निम्ति प्रदेश र स्थानीय जनप्रतिनिधिको भुमिका के हुने भन्ने बिषयको सेरोफेरोमा रहि कार्यक्रम गरिएको बारे युथ एड्भोकेसि नेपाललेका अभियान संयोजकको दिवाकर उप्रेती बताउनुभयो ।
उप्रेतीका अनुसार कार्यक्रममा मानवअधिकार र शिक्षा तथा दिगो विकासको लक्ष्य हासिल गर्न युवा सहभागिताको सुनिश्चितता हेतु छलफल गरिएको बताइएका छन् ।
कार्यक्रममा बोल्दै गर्दा मन्त्रीले युवाहरुको निम्ति प्रदेश सरकार कतै न कतै चुकेको तथा त्यसको लागि आवश्यक पैरवि गर्ने तथा युवा बिच प्रदेश सरकारको भुमिका निर्वाह गर्न काम भइरहेको बताउनुभयो । साथै भष्टाचार बिरुद्ध बोल्न युवालाई आव्हान समेत गर्नुभएको छ । यसै आर्थिक बर्ष भित्र युवा सम्बन्धीत विधेयक आउने र युवा रोजगारको लागि पहल कदम चलाई रहेको समेत बताउनुभएको छ ।
कार्यक्रममा प्रदेश सभा सांसद मन्जु यादबले युवाको वितृष्णालाई प्रदेश सरकारले नसुन्ने हो भने ठुलो मुल्य चुकाउनुपर्ने बताउनुभयो भने उहाँले सरकारले युवाको सवालमा आफु जस्तै कर्मठ तथा योग्य युवालाई अवसर प्राप्त गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नैपर्छ बताउनुभयो । यादवका अनुसार प्रदेश सरकारले युवालाई लक्षित निति कार्यक्रम समेत बनाउन असक्षम रहेको दाबि गर्नु भयो भने दिगो विकासलाई स्थाइकरण गर्न सरकारले समन्वयकारी भूमिका खेल्नै पर्छ ।

त्यस्तै मेयर उदय बरबरियाका अनुसार प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याउन सकेको छैन भने स्थानीय निकायलाई युवा लक्षित कार्यक्रम प्रभावकारी बनाउन पनि कुनै समन्वय नगरेको बताए । सरकारले युवालाई भ्रमित बनाइ रहेको तथा युवालाई केन्द्रमा राख्न नसकेको साथै कोभिड को महामारीमा खटिने युवाको प्रत्याभूति नगरेको बताएका छन् । आफ्नो नगरपालिकाले गरेको युवा लक्षित कार्यक्रम अझै प्रभावकारी ढङ्गले लग्ने तथा निति कार्यक्रममा युवालाई केन्द्र बिन्दुमा राख्ने समेत बताए ।

कार्यक्रममा ओरेक घनुषाको रोजनिल बच्छारले अहिलेको अवस्थामा घटिरहेको कुसंस्कृति तथा विसंगति बारे पेपर प्रजेन्टेशन गर्नुभएको थियो भने इन्सेकका ईन्चार्ज राजु पासवानद्वारा प्रदेश २ मा मानब अधिकारको अवस्थामा पेपर प्रजेन्टेशन गर्नुभएको थियो साथै उक्त पेपरमा युवा मानवअधिकारकर्मी बिनय कार्कीले टिप्पणी गर्नु भएको थियो । त्यस्तै शिक्षामा जिल्ला युवा संवाद तथा ब्राहखरिका प्रदेश २ संयोजक सुरेश यादवद्वारा पेपर प्रजेन्टेशन भएको थियो भने समग्र शिक्षाको लागि युवाको भुमिकामा केन्द्रीत रहि शिक्षक निकिता कर्णले टिप्पणी गर्नु भएको थियो । यस प्यानललाई कायापलटका सदस्य अजय यादवले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा थुप्रैले आफ्नो प्रश्न राख्नुभयो भने प्रमुख अतिथिका अनुसार यस्ता संवाद कार्यक्रमहरु निरन्तर संचालन हुनुपर्ने जोड्नु भएको थियो ।
कार्यक्रममा ओरेक नेपाल, इन्सेक, जिल्ला युवा संवाद , जिल्ला युवा संजाल धनुषा तथा कायापलटको आयोजना रहेको थियो । कार्यक्रममा उल्लेख्निय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय