हाम्रो जनकपुर / सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका नगर प्रमुख सूर्यनाथ मण्डल धानुक विरुद्ध विशेष आलतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मेयर धानुक र उनको छोरा सन्तकुमार मण्डलविरुद्ध ५ लाख विगो कायम गरी घुस मुद्दा दयार गरेको छ।

अख्तियार टोलीले सन्त कुमारलाई ५ लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा नगर प्रमुख धानुक र सन्त कुमारले घुस नदिएमा डीपीआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीको लागि काटिएको विभिन्न चेकसमेत नदिइ रोकेका थिए।

चेक दिन घुस कमिशन माग गरी सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानीको चेक नियन्त्रणमा राखेर हैरानी दिएका थिए । उनले चेक दिनको घुस कमिसन माग गरी छोरा सन्त कुमार मण्डललाई पठाएर ५ लाख घुस लिएपश्चात नियन्त्रणमा लिई राखेको चेक पनि दिएका थिएनन् ।

उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्त भएर हालसम्म पनि भुक्तानी पाउन नसकेको समेतको अवस्थाबाट नगर प्रमुख धानुकले घुस माग गरी छोरा सन्त कुमारले उक्त रकम बुझिलिएको तथ्य सप्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय