ट्रयाक्टरमा लोड गरिएको काठ र ट्रयाक्टर समेत एक जनप्रतिनीधिको भएको बुझिएको छ ।

हाम्रो जनकपुर धनुषा । धनुषामा अवैद्य काठ सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत मँगलबार बेलुकी ६ बजेको समयमा तीन वटा ट्रयाक्टर सहित तीन जना चालकलाई समेत पक्राउ गरेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० डुमरिया स्थित कमला सिचाई आयोजनाको नहरको बाटोमा ट्रयाक्टरमा अवैध काठ ओसार–पसार गरीरहेको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सुचना प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय सबैलाबाट गएको टोलीले उनीहरुलाई अवैद्य काठ सहित पक्राउ गरेको हो । सबैलाका ईन्सपेक्टरको नेतृत्वमा गएको एक टोलीले तीन वटा ट्रयाक्टरमा लोड गरिएको अवैद्य काठ सहित तीनटै ट्रयाक्टरका चालकलाई समेत पक्राउ गरिएको हो ।उतरबाट दक्षिण तर्फ आईरहेको अवस्थामा ट्रयाक्टर चालक कोल्हुवामोड बस्ने बर्ष २३ को भोगेन्द्र यादव, बर्ष १८ को भुला मण्डल र सोही ठाउँ बस्ने बर्ष १८ कै जीतेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुसँगै उनीहरुले चलाएको ज.१ त. ८०१०, ज. १ त. ८५६६ नम्बर र एउटामा नम्बर उल्लेख नभएको ट्रयाक्टर समेत नियन्त्रणमा लिएको हो । ट्रयाक्टरहरुमा टिक तथा सिसौको गोलिया काठहरु लोड भएको देखेपछि प्रहरीले काठको श्रोत देखाउन कागजपत्र माग गरेको थियो ।

तीनै जना चालकले लोड भएको काठ सम्बन्धी कुनै पनि कागजात नभएको बताएपछि उक्त काठ अवैध रुपमा चोरी निकासी गरी ओसार पसार गरेको हुन सक्ने आशंकामा उनीहरुलाई समेत पक्राउ गरिएको हो ।जम्मा ८७ थान टिक र सिसौ जातको गोलिया काठ गरी २१३ क्युबिक फीट काठ, तीन ओटा ट्रयाक्टर र तीनैजना चालक सहित बुधबार नै आवश्यक कारवाहीको लागी डिविजन वन कार्यालय जनकपुर धनुषामा बुझाएको हो ।ट्रयाक्टरमा लोड गरिएको काठ र ट्रयाक्टर समेत एक जनप्रतिनीधिको भएको बुझिएको छ । यद्यपी, यसबारे अहिले खुलासा भएको छैन भने अनुसन्धान जारी छ ।

सभार न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय