• सम्पादकीय–

कोरोना (कोभिड–१९) को संक्रमणले विश्वका अधिकांस देश लकडाउनमा छ । विश्व नै कोरोना विरुद्धको लडाइमा आफ्नो सामथ्र्य देखाईरहदा समेत विजयी हासिल गर्न सकेका छैनन् ।

विश्व नै एक ढिक्का भई कोरोना विरुद्ध लडिरहेको छ । जसमा नेपाल समेत अछुतो छैन् । नेपालमा कोरोना संक्रमित संख्यात्मक तुलनात्मक रुपमा कम रहेपनि जनचेतना अभाव, फितलो व्यवस्थापन, जनशक्ति र उपकरण अभावले चिकित्सक सबैभन्दा बढी त्रासमय वातावरणमा काम गर्न बाध्य छन् । विश्वमै शक्तिशाली मानिने देशहरुमा समेत हजारौ नागरिकको मृत्यु हुनु र संक्रमितको संख्या बढ्दै जाने अवस्थाले हाम्रो जस्तो फितलो व्यवस्थापन र अविकसित मुलुकका नागरिकका लागि भयभित हुनु अस्वभाविक नहोला ।

कोरोनाको कहालिलाग्दो र जटिल परिस्थितिमा मानिस भयभित र असुरक्षित महसुस गरिरहदा तीनै तहका सरकारको फितलो उपस्थिति र परिचालनले नागरिकहरु थप चिन्तित छ । जनताको सरकार भनिएका स्थानीय तहको जनप्रतिनिधिको अनुहार देख्ने गरी कोरोना संक्रमणबाट लड्न सन्देश त आयो, तर जनता कहाँ सहानुभुतिको एक शब्द पनि आएन । स्थानीय सरकार सन्देश भाषण र प्रवचन त आएँ तर कागजमै सिमित भए । सरकारले लकडाउन घोषणा गरेपछि दिन कमाउने रात खानेको परिवारको विचल्ली भएको छ । गरिब र विपन्न जनमजदुर परिवारको लागि लकडाउन अभिशााप भएको आएको छ । उनीहरुको घरपरिवारका लालाबाला भोक र पीडामा छटपटाई रहेका छन् । तर घरदैलोको सरकार अनभिज्ञ पनि छैनन् तर थाहा नपाए झैं चुप्पी साधेर बसेको हामीले प्रत्यक्ष देखेका छौं ।

चुनावका बेला हात समात्ने र खुट्टा समेत ढोक्न जाने जनताको प्रतिनिधि आज मुसो झैं दुलोमा पसेको छ । च्याउ झैं उम्रेका जनप्रतिनिधि यस विपद्मा आफै लुकर बसेका छन् । सत्तामा नहुन्जेल विपन्न र मजदुरको नाममा आन्दोलन गर्ने, सडक देखि सदनसम्म आन्दोलन गर्ने सत्ताधारी देखि विपक्षी समेत विपद्को बेला संचारमाध्यम र समाजिक संजाल बाहिर निस्कन सकेको छैन् ।
कोरोना विरुद्ध विश्वका शक्तिशाली देशहरुको प्रयास असफल भईरहेको हामीले प्रत्यक्ष रुपमा देखिारहदा नेपाल सरकारको प्रयास कमजोर सावित भएको छ । विपद्को सामना लकडाउन गरी मात्र हुन्न, यसका निम्ति सरकारका अंगहरु परिचालन हुनुपथ्र्यो, जुन हालसम्म हुन सकेको छैन् । अंगहरु परिचालन भए तर सु–सज्जित भएन् । स्वास्थ्यकर्मी र सुरक्षा निकाय जसरी भयवित छन् त्यसैगरी मैदानमा बन्दुक बिनाको नेपाली हामी आखिर कहिले सम्म लड्ने ? संघीय सरकार मार्फत स्थानीय, प्रदेश सरकार कहाँ बजेट पठाएर मात्र हुन्न् । त्यसलाई सही सदुपयोग हुन समेत जरुरी छ । अन्यथा बजेटको दुरुपयोग भई जनताको पेट भर्न आएको पैसा आएर जनप्रतिनिधि मोटाउने निश्चित छ । त्यसैले यसमा समेत सरकारले निगरानी गर्न आवश्यक कदम उठाउन जरुरी छ ।

कोरोना विरुद्धको लडाइमा सत्ता र प्रतिपक्षको भुमिका नभई सम्पुर्ण मानव जातिको कल्याणका निमित्त आफ्नो व्यक्तिगत, पार्टीगत स्वार्थलाई थाँती राख्दै एकजुट भई युद्धमा होमिनुपर्ने भएपनि शक्ति परिचालन कमजोर छ । सहयोगको घोषणा, राहतको माग, अपिल मात्र पर्याप्त हुँदैन् । त्यसैले सम्पुर्ण देशको रक्षाका निमित्त आ–आफ्नो स्थानबाट सक्दो कदम चाल्न आवश्यक थियो ।

स्वास्थ्यकर्मीलाई सामान्य उपकरण समेत नहुँदा कोरोनाको लडाइमा कसरी सफलता मिल्ला ? कोरोना विरुद्धको लडाइ लकडाउनमा लाठी चार्ज र प्रहरीको पुरानै प्रवृति देखिनु समान्य हो ।

नागरिक पनि सचेत हुनुपर्छ । विषम परिस्थितिमा सरकार तल्लो सरकारका निकाय परिचालन गरी जनजनमा सरकारको अनुभूती गराउनु र नागरिकले राज्यप्रति उत्तरदायी भइ असल नागरिकको भुमिका निर्वाह गरे मात्र कोरोना विरुद्धको लडाइमा सफलता मिल्नेछ । अन्त्यमा प्रदेश २ सरकारले सधैभरी कर्मचारीलाई दोष देखाएर आफु पन्छिदै आएको कुरा हामीमाझ सर्वविदिदै छ ।

अहिले पनि सरकारको सोही रवैया देखिदै आएको छ । अहिले कोरोनासंग प्रत्यक्ष रुपमा लडिरहेका स्थास्थ्यकर्मीलाई प्रदेश सरकारले मनोबल बढाउनुको साटो तोडने कार्य गर्नु निन्दनीय र अशोभनीय रहेको हाम्रो ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय