हाम्रो जनकपुर / : महोत्तरीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटेका महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका दशै जनालाई उपचारको लागि नेपाली सेनाकै बर्दिवास स्थित किशान गंजको आइसोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले जानकारी दिए ।

महोत्तरीको महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कट्वालले जनकारि दिएको । संक्रमित सबै पहिला देखिनै आइसोलेटेड रहेका थिए ।

चार दिन पहिले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महोत्तरीको कोरोनाबाट मृत्यु भएको शवलाई व्यवस्थापनमा खटेका सेनाहरुमा संक्रमण पुष्टि भएकोले ब्यारेकलाई सिल गरिएको छैन् ।

प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘शव व्यवस्थापनमा खटेका सेनाहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु प्हिला देखि नै आइसोलेट भएका थिए । त्यसैले ब्यारेकलाई सिल गरिएको छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय