• हाम्रो जनकपुर डेस्क

काठमाडौं, श्रावण । निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन् ।

निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो ।

सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्विप उल्लंघन गरेका कारण पार्टीले कारबाही गरेको थियो ।

अब प्रतिनिधिसभाको सभामुखले नव निर्वाचित सांसद सिटौलालाई शपथ ग्रहण गराउने छन् । सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय