• हाम्रो जनकपुर डेस्क

जनकपुरधाम । उपचार गराउन आएका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेपछि जनकपुधराम स्थित प्रादेशिक अस्पतालको आईसीयू सोमबारदेखि बन्द गरिएको छ ।
उच्च ज्वरो, रुघाखोकी र सास लिन समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका धनुषाको शहीद नगरपालिका ८, डुमरियाका ३८ बर्षीय युवकको आइतबार दिउँसो धरान लैजाने क्रममा मृत्यु भएको थियो ।
उनको मृत्युपछि प्रादेशिक अस्पतालभित्रको आईसीयू कक्षलाई ७ दिनसम्मका लागि बन्द गरिएको अस्पतालका कोरोना आइसोलेसन वार्डका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।
उनले भने, ‘मृत्यु भएका कोरोना संक्रमितलाई आईसीयूमै राखेर उपचार गरिएकाले यो कक्षलाई एक सातासम्मका लागि सिल गरिएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय