हाम्रो जनकपुर डेस्क

जनप्रतिनीधिको अश्लिल शब्दको चौतर्फी विरोध गरिएको छ ।

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षले एक स्थानीय विद्यार्थीलाई अश्लिल शब्द भनेपछि लफडा भएको छ ।
कमला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवले विद्यालयमा किताब सम्बन्धी कुरा गर्दा एक स्थानीय विद्यार्थीलाई (जु….–मैथिलीमा गोप्य अँग (लिँग) देखाएर जिस्काउनु) भनेपछि लफडा भएको हो ।
यादवसँग स्थानीय विद्यार्थी श्रीकेश यादवले विद्यालयमा किताब अझै नदिएको तथा किताबको लागि भनेपछि उनी उपर अश्लिल शब्द प्रयोग गरेपछि विवाद भएको थियो । विद्यार्थी यादवले बारम्बार आफूहरुलाई विद्यालयमा किताबको व्यवस्था मिलाउन माग गरेपछि वडाध्यक्ष यादवले आफन्त बोलाउनु अघि नै कुटिएका हुन् ।
भिडियोमा देखिएको अनुसार गँजी र लुँगीमा बसेका वडाध्यक्ष यादवसँग स्थानीय विद्यार्थी श्रीकेश यादवले अन्य नगरपालिकाले सबै विद्यालयहरुमा किताब वितरण गरेको भन्दै आफूहरुलाई पनि अब किताबको व्यवस्था मिलाइदिन भनेपछि अश्लिल शब्द प्रयोग गरेका वडाध्यक्षलाई केही विद्यार्थीहरुले रामधुलाई दिएका हुन् ।
वडाध्यक्ष र विद्यार्थीबीचको भिडियो
Video
Posted by NewsBureau Nepal
सुरुमा विद्यार्थीले सौहार्द रुपमा किताब माग गरेको छ । पछि उनले पनि अलिक कडा स्वरमा बोल्दै जाँदा वडाध्यक्ष जस्ता पदीय मर्यादामा बसेका वडाध्यक्ष यादवले गोप्य अँगलाई साँकेतिक देखाउँदै हेपेपछि विवाद भएको देखिएको छ ।
विद्यार्थीले बारम्बार आफूलाई अश्लिल शब्द र जनप्रतिनीधि भएर अश्लिल शब्द प्रयोग गरेको भन्दै झनै कडा रुपमा बोल्न थालेपछि वडाध्यक्षले आफ्ना परिवारिक एक व्यक्तिलाई कुटनको लागि बोलाएको देखिएको छ । त्यसपछिको भिडियो भने रेकर्ड गरिएको छैनन् भने प्रत्यक्षदर्शीका अनुसार त्यहाँ रहेका अन्य विद्यार्थीहरु मिलेर वडाध्यक्षलाई सामुहिक कुटपिट गरेका छन् ।
वडाध्यक्ष यादवसँग ४ महिनाको लकडाउन भएपनि पढन नपाएको भन्दै किताबको लागि जिकिर गरेको देखिएको छ । सोही क्रममा विद्यार्थीले शहिदनगर नगरपालिकाको सबै विद्यालयमा किताब दिएको भनेपछि वडाध्यक्ष यादवले जु…..नगरपालिका भनेपछि विवाद चर्किएको देखिएको छ ।
अहिले विद्यार्थी श्रीकेश सहित त्यस घटनामा सँलग्नलाई दुरव्यवहारको मुद्दा लगाएर ईलाका प्रहरी कार्यालय यदुकुहा पठाएको छ । जनप्रतिनीधिको अश्लिल शब्दको चौतर्फी विरोध गरिएको छ ।
जानकारी अनुसार, वडाध्यक्ष यादवलाई विद्यार्थीहरु कुटेपछि समान्य चोटपटक लागेको र टाउकोमा समेत चोटपटक लागेको बुझिएको छ । उपचारपछि वडाध्यक्ष घर फर्केका छन् ।
यस सन्दर्भमा, वडाध्यक्ष यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेनन् ।सभार न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय